बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

रिलायबल नेपाल लाइफ दसौँ वर्षमा प्रवेश, निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १५, २०८३ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
रिलायबल नेपाल लाइफ दसौँ वर्षमा प्रवेश, निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता
Rampam
3D Education Lahan

रामएकवाल राम
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ। रिलायबल लाइफ २०६४ सालमा दर्ता भएको कम्पनी हो। कम्पनी भने २०७४ सालबाट सञ्चालनमा आएको थियो। सञ्चालनको छोटो अवधिमै उत्कृष्ट बीमा सेवा प्रदान गरेर कम्पनीले आफ्नो उचाइ हासिल गरेको छ।
चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ भएको कम्पनीसँग शेयर प्रिमियम आम्दानीबापत १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्ष २०८२।८३ सम्म कम्पनीको जीवन बीमा कोष अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.१४ प्रतिशतले बढेर १७ अर्ब ९३ करोड रुपैयाँको उचाइमा पुगेको छ।
गत आर्थिक वर्षमा कम्पनीको व्यापारमा आकर्षक प्रगति देखिएको छ। समीक्षा वर्षमा कम्पनीले ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २२.८६ प्रतिशतले बढी हो। यो बढोत्तरीले कम्पनीप्रति बीमितको भरोसा बढ्दै गएको देखिन्छ।
गत आर्थिक वर्षमा ५८ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल कम्पनीको प्रतिशेयर आम्दानी बढेर ११.२१ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ।
हाल कम्पनी सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी छन्।
वार्षिकोत्सवका अवसरमा कम्पनीले आफ्ना ग्राहक, नियामकीय निकायहरु र सरोकारवालाहरुसँगै आफ्ना सम्पूर्ण कर्मचारीवृत्तमा आभार प्रकट गरेको छ। आगामी दिनमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता गरेको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]