काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। अख्तियार स्रोतका अनुसार धेरै पैसा असुल गरी भिसिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अध्यागमन कार्यालयमा छापा मारेको होअख्तियारको टोलीले विभागको कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ।
पुरै पढ्नुहोस्
सिरहा : लहान नगरपालिका–२४ का मौजे साहलाई उनकी पत्नी रितु साहले आफ्नो मिर्गौला दान गरेकी छन्।दुवै मिर्गौला फेल भएपछि मौजे साह विगत नौ महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारमा थिए।बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको छ। आर्थिक अवस्था कमजोरले स्थानीयहरूले केही रकम सहयोग जुटाएर उपचारका लागि दिएका छन्। अझै पैसा सहयोग गरिदिन सबैलाई आग्रह गरिएको परिवारका एक सदस्यले बताए।
पुरै पढ्नुहोस्
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा रु छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा रु छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात १०८ दशमलव ४४ प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईंले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।“कार्यालयले चालु आवको नौँ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत रा
पुरै पढ्नुहोस्
जनकपुरधाम- नेकपा एमालेको धनुषा जिल्लाको अधिवेशनअन्तर्गत आज मतदान हुन लागेको छ ।गत वैशाख २३ गते ८ औँ जिल्ला अधिवेशनअन्तर्गत मतदानको तालिका रहेकोमा धाँधली भएको भन्दै दुई पक्षबीच विवाद भई झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो ।उम्मेदवारहरुको अन्तिम नामावलीमा धाँधली गरेको भन्दै विवाद सुरु भएपछि झडप भएको थियो। त्यसक्रममा मतपत्र च्यात्नेदेखि कुर्सी तोडफोडसम्म भएको थियो। सोही क्रममा ५ जना घाइतेसमेत भएका थिए । समयमा अधिवेशन नभएपछि केन्द्रमा विवाद मिलाउने काम भएपछि आज मतदान हुन लागेको हो ।महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुन लागेको मत
पुरै पढ्नुहोस्
काठमाडौं - आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च-पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।आज राति: कोसी प्र
पुरै पढ्नुहोस्
काठमाडौं - गत वैशाख १९ गते जमिनमा दबिएको डिआई गाडीको पाटपुर्जा फेला परेको छ। मंगलबार (आज) दिउँसो स्थानीय जनप्रतिनिधिहरूको रहोवरमा क्रेन र स्काभेटर प्रयोग गरेर खोज्ने क्रममा दबिएको गाडीको पुर्जाहरू फेला परेको हो। भूगर्भ शास्त्र केन्द्रीय विभाग, काठमाडौँबाट खटिएको भूगर्भविद्को टोलीले गरेर अध्ययनले गाडी सोही खाल्टोमा दबिएको निष्कर्ष निकालेको थियो। दुर्घटनास्थलको माटो परिक्षणका लागि लगिएकोमा सुरक्षा अपनाएर गाडी खोज्न सकिने राय प्राप्त भएपछि स्थानीय जनप्रतिनिधिले स्काभेटर र क्रेन प्रयोग गरेर हराएको गाडीको खोजी गरेका हुन्।करिब १० मिटर तल उत
पुरै पढ्नुहोस्
काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रुपमा डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई केन्द्रिय बैंकको १८ औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि गभर्नर सिफारिस समितिले मंगलबार नै पौडेलसहित निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
पुरै पढ्नुहोस्
कपिलवस्तु - कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए।कार्कीका अनुसार फरार सूचीमा रहेका अध्यक्ष चौधरी मंगलबार आफै उपस्थित भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। आजै म्याद थपका लागि अदालत उपस्थित गराइनेछ।उनले जबर्जस्ती करणीमा परेकी युवतीको गोपनीयता भङ्ग गरेको आरोप छ। चौधरी लोकतान्त्रिक समाजवादी पार्टीब
पुरै पढ्नुहोस्
पोखरा - कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
पुरै पढ्नुहोस्
बर्दिबास - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा छापा मारेको छ ।सोमबार अख्तियारले गाउँपालिका कार्यालयमा छापा मारेर अलपत्र र सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको हो ।अलपत्र र सेटिङका योजनाहरू अलपत्र सम्बन्धी समाचार सार्वजनिक भएपछि अख्तियारले कागजातहरू उपलब्ध गराउन पटक–पटक पत्राचार गरे पनि कार्यालयले अटेर गरेको थियो ।सोमबार कागजात लिन अख्तियारको टोली पुगेको थियो । तर, फाइल राखेको दराजको साँचो डेढ महिना अघि भ्रष्टाचार मुद्दा विशेषमा दर्ता भएपछि निलम्बित लेखा अधिकृत सुमनपुरीसँग रह
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित