बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एनसीसी कतार र कतारका सामुदायिक प्रहरी विभाग बिच भेटघाट

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनसीसी कतार  र कतारका  सामुदायिक प्रहरी विभाग बिच भेटघाट
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा :- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायको तर्फबाट कतारको सामुदायिक प्रहरी विभागसँग भेटघाट  तथा  छलफल गरेको छ।

गतमे २७ तारिख मङ्गलबारका दिन कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको सामुदायिक प्रहरी विभागका निर्देशकसँग नेपाली समुदायको तर्फबाट गैर आवासीय नेपाली संघ एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, बरिष्ठ उपाध्यक्ष कृष्ण पन्थी, द्वितीय उपाध्यक्ष केशव कार्कीको उपस्थितिमा  विशेष छलफल गरेको छ। 

भेटघाट तथा छलफलको क्रममा एनआरएनए एनसीसी कतार  र कतार सामुदायिक प्रहरी सङ्ग १० बुदाँगत रुपमा सहकार्य गरिने सहमती भयो।

१. समुदाय प्रहरीसँग सहकार्य

चारवटै सामुदायिक प्रहरी कार्यालयसँग परिचय र सम्बन्ध मजबुत बनाउन हामी इच्छुक रहेका छौं। यसले हामी बिचमा संचार र सहकार्यलाई अझ प्रभावकारी बनाउनेछ।

२. कोर्निशमा जनचेतना कार्यक्रम

प्रवासी कामदारहरूका लागि सुरक्षा, अधिकार र उपलब्ध सहयोगबारे जनचेतना दिने कार्यक्रम आयोजना गर्ने योजना बनाइएको छ।

३. सार्वजनिक जनचेतना हलको माग

हरेक तीन महिनामा एकपटक नेपाली समुदायद्धारा जनचेतना कार्यक्रम गर्न हलको माग गरिएको छ।

४. लाइफ ज्याकेट अनिवार्यता अभियान

डुङगा प्रयोग गर्नेहरूमाझ पानी सुरक्षा सम्बन्धी जनचेतना फैलाउन लाइफ ज्याकेट प्रयोगलाई अनिवार्य बनाउने अभियान सञ्चालन गरिनेछ।

५. आपसी सद्भावका लागि कार्यक्रम

कतारी समाज र प्रवासी समुदायबीच समझदारी र सांस्कृतिक आदानप्रदान बढाउन संयुक्त कार्यक्रमको प्रस्ताव राखिएको छ।

६. लिमोजीन ड्राइभरहरूका लागि सुरक्षा तालिम

लिमोजीन सेवा प्रदान गर्ने चालकहरूका लागि यातायात नियम र सुरक्षित ड्राइभिङ्गबारे तालिमको योजना बनाइएको छ।

७. वातावरण दिवस मनाउने

विश्व वातावरण दिवसमा पंक्षी (शान्तिको प्रतीक) उडाउने कार्यक्रम गरी दुवै समुदायले वातावरण संरक्षणप्रति प्रतिबद्धता देखाउने।

८. स्वास्थ्य जाँच शिविर

कामदारहरूका लागि स्वास्थ्य परीक्षण शिविर आयोजना गर्न प्रहरी विभागसँग सहकार्य गरिनेछ।

९. महिला प्रवासी कामदारहरूका लागि विशेष जनचेतना

महिला प्रवासीहरूको सुरक्षामा केन्द्रित विशेष जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

१०. लागूपदार्थ विरोधी अभियान

लागूपदार्थ र मदिरा दुरुपयोग विरुद्ध जनचेतना फैलाउने र प्रहरीलाई सहयोग गर्ने ।

११. नेपाली कैदीहरूको रिहाइमा अपिल

कतारका विशेष राष्ट्रिय दिवसहरूमा सामान्य अपराधमा जेल सजाय भोगिरहेका नेपाली कैदीहरूको दया माफीको लागि अनुरोध गरिएको छ।नेपाली समुदायतर्फ बाट एनआरएनए कतारले कतारको समुदाय प्रहरी विभागसँग सहकार्य गर्दै सुरक्षित, सचेत र सम्मानजनक समाज निर्माणमा प्रतिबद्ध रहने संघ कतारका महासचिव रबिन मगरले जानकारी दिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]