बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिराहाको धनगढीमाईमा एक शिशु फेला स्थानीयको सक्रियतामा उद्धार

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिराहाको धनगढीमाईमा  एक शिशु फेला स्थानीयको सक्रियतामा उद्धार
Rampam
3D Education Lahan

विनोद मण्डल,

सिराहा जेठ १८ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–९ स्थित आरके मेडीसिटी अस्पतालको केही पश्चिममा रहेको थमनी थानको उत्तरी भित्तामा करिब १० दिनअघि जन्मिएको अनुमान गरिएको एक नवजात बालिका शिशुलाई आमाबुबाले छोडेर फरार भएका छन् । स्थानीय समय अनुसार दिउँसो करिब ४ बजेतिर, केही बालबालिकाले शिशुलाई रुँदै गरेको अवस्थामा देखेपछि उनीहरूले तत्कालै स्थानीय बासिन्दालाई खबर गरेका थिए । घटनाको जानकारी पाउनेबित्तिकै वडा अध्यक्षको समन्वयमा इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोली र स्थानीयको सहयोगमा शिशुलाई तत्काल उद्धार गरी नैंनपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरियो । अस्पताल स्रोतका अनुसार शिशु करिब १० दिनको जस्तो देखिएको छ । स्वास्थ्य परीक्षण पश्चात शिशुलाई सुरक्षित रूपमा स्थानीय पराउ रामको जिम्मा लगाइएको छ । उद्धारको समयमा शिशुको शरीरमा सुत्केरी अवस्थाका नयाँ लुगा लगाइएका थिए भने रुँदाको कारणले शरीरभरि कमिला लागेको स्थानीयहरूले बताएका छन् । वडा अध्यक्षका अनुसार शिशु पूर्णतः सकुशल छ र हाल अस्थायी रूपमा संरक्षणमा राखिएको छ । शिशुका आमाबुबाको पहिचान र खोजी कार्यको लागि प्रहरी प्रशासनले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।स्थानीयबासीले मानवता देखाउँदै समयमै शिशुको उद्धार गरेकामा सबैले प्रशंसा गरेका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]