बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कलैया यातायातका प्रमुख दासको थप कालाकर्तुतहरु उजागर, अख्तियारले सिसिटिभी फुटेज नियन्त्रणमा लिन ढिलाई गरेको आरोप

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २०, २०८२ ४ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कलैया यातायातका प्रमुख दासको थप कालाकर्तुतहरु उजागर, अख्तियारले सिसिटिभी फुटेज नियन्त्रणमा लिन ढिलाई गरेको आरोप
Rampam
3D Education Lahan

रंजित चौरसिया

वीरगंज २० जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका भ्रष्टाचार सन्दर्भमा आईतवार यस अनलाईनमा समाचार प्रकाशन भए पछि कार्यालय प्रमुख अविन्दर दास अत्तालिएका छन् । कार्यालयको भित्रि कुरा बाहिर छताछुल्ला भए पछि उनले आफ्ना कर्मचारीहरु माथि शंका उपशंका गर्दै टाउकोमा हात राखी दुःखित बनेका छन् । 

विवादस्पद कर्मचारीको रुपमा चिनिएका अविन्दर दास वीरगंज यातायात कार्यालयमा नायब सुब्बा हुँदा निलम्बनमा समेत परिसकेका हाकिम हुन् । उनी तत्कालिन समयमा वीरगंजमा रहँदा कानून विपरित भारतीय सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गतेका दिन विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेपछि यातायात व्यवस्था कार्यालय वीरगंजबाट निलम्बनमा परेका थिए । 

पछि दासले शक्ति केन्द्र धाउदा निलम्बन फुकुवा भए पछि रौतहट यातायात कार्यालयको प्रमुख भई रौतहटमा पनि विवादस्पद काम गर्दै कार्यालयलाई बदनाम गरिरहंदा मधेश प्रदेश मन्त्रालयले काजमा तानेको थियो । मन्त्रालयबाट २०८१ माघ ९ गते बारामा आएका अविन्दर दासले करिब चार महिनाको अवधिमा आफ्ना बिचौलियाहरु मार्फत लाईसेन्स विक्री गर्दै करोडौं असुलेको आरोप छ । 

सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं. १३ श्रीनगर, धर्मशाला टोल निवासी दासले रामनगर गाउँपालिका वडा नं. ३ सर्लाही निवासी नातामा उनको बहिनीज्वाई पर्ने सिकिन्द्र दासलाई हर्ताकर्ताको रुपमा राख्ने गरेको स्रोतले जनाएको छ । बिचौलियाहरु सँग हिसाब किताब गर्ने मुख्य हर्ताकर्ताको रुपमा प्रमुख दासका विश्वासिलापात्रको रुपमा चिनिएका सिकिन्द्र दासको बसाई कलैयामा नै रहेको स्रोतको कथन रहेको छ । 

प्रमुख दासले परिचालन गरेका बिचौलियाहरु मध्ये भिखारी दास नातामा उनका भाई हुन् । विवादस्पद कार्यशैलीका कारण बदनामी कमाएका प्रमुख दासले वीरगंज र गौरका कार्यालयमा काम गर्दा उनले भ्रष्टाचारको आरोप खेपेका थिए । यातायात बारामा लिखित दिने सेटिङ्ग भएका परीक्षार्थीहरुलाई ५÷६ वटामा संकेत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरुले नै संकेत चिन्ह लगाई पास गराउने गरेको स्रोतले जनाएको छ । 

लिखित परीक्षा पछि हुने प्रयोगात्मक परीक्षामा सेटिङ्ग भएका परीक्षार्थीहरु सँग ट्रायल प्रमुख र ट्राफिक प्रहरीको सहमतिमा प्रमुख दासले व्यक्तिगत रुपमा किनेका मोटरसाईकलबाट फुर्तिलो चालकहरुलाई अनुहार छोप्ने गरी हेल्मेट र माक्स लगाउन लगाई ट्रायल लिईरहेको ती स्रोतको भनाई रहेको छ । 

प्रमुख दास रौतहटमा हुँदा त्यहाँ पनि केही निजी मोटरसाईकल किनेका र त्यसको व्यवस्थापन तथा मुख्य असुलीको जिम्मा सिकिन्द्र दासलाई नै दिएको ती स्रोतले जनाएको छ । रौतहटको ट्रायलमा खटिने ट्राफिक प्रहरी नायब निरीक्षक किरण कार्की हाल बाराको ट्रायलमा खटिरहेका छन् । 

बारा यातायतको तत्कालिन अवस्थामा लिखित प्रमुख मुकेश कुशवाहा र ट्रायल प्रमुख जिवन भन्ने जिवरमण पौडेल रहेका थिए भने हालको अवस्थामा लिखित प्रमुख जिवरमण पौडेल र ट्रायल प्रमुख मेकानिकल सुपरभाईजर संतोष सिंह रहेका छन् । परीक्षा समितिको प्रमुखमा अविन्दर दास र सदस्यहरुमा मेकानिकल सुपरभाईजर संतोष सिंह र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसी सहित तीन जना रहेका छन् । सो कार्यालयको मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् । 

प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै ईमान्दारीपूर्वक लिने गरेको बताईन्छ । 

मासिक रुपमा करोडौं भ्रष्टाचार भईरहेको सो आम्दानीबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरीक्षक दिपक केसीको भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाईजर संतोष सिंहको भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत भाग जाने गरेको स्रोतको भनाई रहेको छ । 

प्रहरी निरीक्षक केसीको विश्वासपात्रको रुपमा ट्रायलमा खटिएका प्रहरी नायब निरीक्षक किरण कार्कीले हिसाब किताब गरी केसीलाई बुझाउने गरेको र सो बाट केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षक राजकुमार सिलवाललाई जाने गरेको स्रोतले जनाएको छ । 

विविधमा छुटयाईएको २५ प्रतिशत रकमबाट जिल्ला प्रशासन कार्यालय बारा, श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका सचिव युवराज अधिकारी, मन्त्री कौशल किशोर राय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख सचिव मदन भुजेल तथा मुख्यमन्त्री सतिश कुमार सिंह समेतलाई हैसियत अनुसारको भाग जाने गरेको कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । 

प्रमुख दासले बारामा आएको करिब चार महिनाको प्रयोगात्मक परीक्षाको सिसिटिभी फुटेज नियन्त्रणमा लिई “भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी, सुशासन प्रवद्र्धनमा सबैको जिम्मेवारी” नारा लिएर अगाडि बढेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुक्ष्म तरिकाले अनुसन्धान गरी कारवाही प्रक्रिया अघि नबढाउंदा सुशासनको पक्षमा लडने सचेत नागरिकहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]