बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

यातायात कार्यालय कलैयामा भ्रष्टाचारको सिमा नाघ्यो, नियमनकारी निकाय मौन

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १८, २०८२ ४ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
यातायात कार्यालय कलैयामा भ्रष्टाचारको सिमा नाघ्यो, नियमनकारी निकाय मौन
Rampam
3D Education Lahan

रंजित चौरसिया

वीरगंज १८ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बारामा भ्रष्टाचारको सिमा नाघ्दा सो कार्यालयमा घुसको रकम फालाफाल भएको समाचार प्राप्त हुन आएको छ । 

सो घुसखोरी कार्यलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले हाल कति जना दैनिक उत्तीर्ण भए/नभएको रिपोर्टिङ्ग लिईरहे पनि भ्रष्टाचारमा संलग्न भ्रष्ट कर्मचारीहरुलाई कारवाही गर्न सुक्ष्म तरिकाले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नसकेकोमा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् । 

कार्यालय प्रमुख अविन्दर दास आए देखि सुक्ष्म तरिकाले भ्रष्टाचार भईरहेको तथ्य बाहिरिएको छ । प्रमुख दासले व्यक्तिगत रुपमा केही मोटरसाईकलहरु किनि सेटिङ्ग भएका परीक्षार्थीहरुको ठाउँमा ड्रेस परिवर्तन गराउदै फुर्तिलो चालकहरुलाई प्रयोग गर्दै प्रयोगात्मक परीक्षा दिन लगाईरहेको स्रोतले जनाएको छ । 

फुर्तिलो चालकहरुले दिईरहेको प्रयोगात्मक परीक्षामा सिसिटिभी क्यामरा भए पनि टाउकोमा हेल्मेट, मुखमा माक्स लगाएको कारण उनीहरुलाई (चिन्न) छुटयाउन एकछिन गा¥हो भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिसिटिभी फुटेज नियन्त्रणमा लिई सुक्ष्म तरिकाले अनुसन्धान गर्दा नक्कली प्रयोगात्मक परीक्षा दिनेहरुको पर्दाफास हुने नै हो भनि समाचार स्रोतको कथन रहेको छ । 

प्रमुख दासले आउँदा तत्कालिन अवस्थामा प्रयोगात्मक परीक्षा दिईरहेका परीक्षार्थीहरुको सिसिटिभी क्यामराको फुटेजमा ईडिट रबि चौधरीले गरिरहेका थिए । जुन कार्यालयका कर्मचारी होईनन् । 

सो सिस्टममा माथिको मिति ईडिट गर्न सकिने भए पनि तलको मितिको ईडिट कुनै पनि हालतमा हुन नसक्ने जानिफकारहरुको भनाई रहेको छ । सो कार्यालयमा लिखित दिने सेटिङ्ग भएका परीक्षार्थीहरुलाई ५/६ वटामा संकेत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरुले नै संकेत चिन्ह लगाई पास गराउने गरेको परीक्षामा सहभागी एक परीक्षार्थीले बताए । 

लिखित परीक्षा पछि हुने प्रयोगात्मक परीक्षामा सेटिङ्ग भएका परीक्षार्थीहरु सँग ट्रायल प्रमुख र ट्राफिक प्रहरीको सहमतिमा प्रमुख दासले व्यक्तिगत रुपमा किनेका मोटरसाईकलबाट फुर्तिलो चालकहरुलाई अनुहार छोप्ने गरी हेल्मेट र माक्स लगाउन लगाई ट्रायल लिईरहेको परीक्षामा सहभागी एक परीक्षार्थीले नाम नछाप्ने शर्तमा बताए । 

ट्रायल परीक्षा सकिएपछि ट्रायल प्रमुख (प्रयोगात्मक परीक्षाका केन्द्राध्यक्ष)को नेतृत्वमा मेकानिकल सुपरभाईजर (ईन्जिनियर) सहित ट्रायलमा खटिएका अन्य कर्मचारीहरु निरीक्षकको हैसियतमा संख्या किटान गरी उत्तीर्ण भएको सिफारिस गरेपछि मात्र परीक्षा समितिले सो लाई माईनुट बुक उठाई निर्णय गरी सदर गर्ने गरेका छन् । 

सो कार्यालयमा तत्कालिन अवस्थामा लिखित प्रमुख मुकेश कुशवाहा र ट्रायल प्रमुख जिवन पौडेल रहेका थिए भने हालको अवस्थामा लिखित प्रमुख जिवन पौडेल र ट्रायल प्रमुख मेकानिकल सुपरभाईजर संतोष सिंह रहेका छन् । 

परीक्षा समितिको प्रमुखमा अविन्दर दास र सदस्यहरुमा मेकानिकल सुपरभाईजर संतोष सिंह र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसी सहित तीन जना रहेका छन् । 

सो कार्यालयको मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् । प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै लिने गरेको एक बिचौलियाले बताए । 

प्रमुख दास रौतहट यातायात कार्यालयमा कार्यरत्त रहंदा आफु सँगै राख्ने गरेका आफ्ना नातेदार सिकेन्द्र दासलाई बारा जिल्लामा आउंदा लिदै आएका छन् । प्रमुख दासका बढी विश्वासपात्रका रुपमा सिकेन्द्र दास नै रहेको स्रोतको भनाई रहेको छ । 

नक्कली प्रयोगात्मक परीक्षाका परीक्षार्थीहरुलाई व्यवस्थापन देखि लिएर असुली सम्मको जिम्मा प्रमुख दासले सिकेन्द्र दासलाई नै दिने गरेको बताईन्छ । 

मासिक रुपमा करोडौं भ्रष्टाचार भईरहेको सो आम्दानीबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरीक्षक दिपक केसीको भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाईजर संतोष सिंहको भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत भाग जाने गरेको स्रोतको भनाई रहेको छ । 

प्रहरी निरीक्षक केसीको विश्वासपात्रको रुपमा ट्रायलमा खटिएका प्रहरी नायब निरीक्षक किरण कार्कीले हिसाब किताब गरी केसीलाई बुझाउने गरेको र सो बाट केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षक राजकुमार सिलवाललाई जाने गरेको स्रोतले जनाएको छ । 

यातायात कार्यालय कलैयाका भ्रष्टाचार सन्दर्भमा त्यहाँका केही राजनैतिक दल र युवाहरुको जमातले केही महिना पहिले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको ध्यानाकर्षण गराउदां उनले प्रमुख दासलाई बोलाएर करिब एक महिना सेटिङ्गमा काम नगर्न सुझाएको स्रोतको कथन रहेको छ । 

तर सुक्ष्म तरिकाले भ्रष्टाचार गर्नमा सिपालु मानिएका प्रमुख दासले करिब एक महिना काम नहुँदा सरकारको राजस्व गुम्ने कुरा देखाई प्रमुख जिल्ला अधिकारी अधिकारीलाई भ्रमित पार्दै यहाँको आदेशलाई स्वीकार्दै केही दिन बन्द गर्ने वाचा गरेको ती स्रोतको कथन रहेको छ । 

प्रमुख दासले आफ्नो वाचा अनुसार केही दिन फेयर काम गरी प्रमुख जिल्ला अधिकारी अधिकारीलाई रिझाउदै पुनः लाईसेन्सको काम सेटिङ्गमा सुरु गरेको र विविधमा छुटयाईएको २५ प्रतिशतबाट अधिकारीको भाग जाने गरेको सो कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । 

कार्यालयको तमाम बेथितिको बारेमा प्रतिक्रिया लिन कार्यालय प्रमुख दास सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]