बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा नेपाली समाज मलेसियाको पुनः गठन

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा नेपाली समाज मलेसियाको पुनः गठन
Rampam
3D Education Lahan

मलेसिया । जनता समाज पार्टी ( जसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा मलेसियामा अन्तरक्रिया तथा भेटघाट सम्पन्न गरेका छन।

आइतबार मलेसियाको क्वालालम्पुरमा नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली राजदूत मलेसियाका महामहिम डा. नेत्रप्रसाद तिमल्सिनाको विशिष्ट आतिथ्यता तथा पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा, मधेस प्रदेश सभा सदस्य राजु गुप्ता, सेन्टर फर साउथ काठमाडौका डाइरेक्टर डा. निश्चलनाथ पाण्डे,आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, डेमोक्रेटिक एक्सन पार्टीकी अन्तर्राष्ट्रिय सचिव तथा पूर्व सांसद कस्तुरी पट्टोको उपस्थिति रहेको थियो।

त्यस्तौ कार्यक्रममा बुकित गासिङ राज्यसभा सदस्य राजिव रिश्याकरन, सिटी काउन्सिलर पेतालिङ जयाका कुसालिनी महेन्द्रन, डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारीज, बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम, एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो, एनआरएनएका एशिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई र अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व सचिव एवम एनआरएनए अभियान्ता खगेन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जसपा नेपालका प्रवास सङ्गठन नेपाली समाज मलेसियाका नयाँ नेतृत्व समेत चयन गरेका छन। सर्वसम्मत चयन भएका अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन् ।

कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच संगठित नेतृत्व र सामाजिक एकतालाई मजबुत बनाएको आयोजकको भनाइ छ। नयाँ कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा क्रियाशील भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

501040551_1290565149294479_3778200979868533237_n 1

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]