काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ ।बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुलाई राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो ।उक्त घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको र उत्तराखण्डको अन्य स्थानमा
पुरै पढ्नुहोस्
काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिका-३ बाफलमा रहेको मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । राजेन्द्र उदासले सञ्चालन गरेको गोदाममा बिहान सवा तीन बजेतिर आगलागी भएको हो ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।नेपाली सेना र नेपाल प्रहरीको समेत सहयोगमा साढे एक घण्टापछि आगलागी नियन्त्रणमा आएको हो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । गोदाममा आगलागीबाट भएको क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।
पुरै पढ्नुहोस्
सिरहा। मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट सुरू गर्ने भएको छ। मधेस प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।अर्थमन्त्री यादवले लहानको उत्तरी भेगमा रहेको धार्मिक र पर्यटकीय महत्वको काब्रे महादेव क्षेत्रलाई कोशी प्रदेशको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माणको योजना अघि बढाउने स्पष्ट पारे। अन्तरप्रदेशीय आवागमन सहज बनाएर व्यापार–व्यवसायलाई प्रवर्द्धनका साथै पर्यटनको विकास गर्ने मुख्य उद्देश्य हो’, मन्त्री यादवले भने।मन्त्र
पुरै पढ्नुहोस्
काठमाडौं। इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ। इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो। कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार एजेन्सीसँग भनेका छन्, 'फोर्डो आणविक स्थलको एक भागमा हवाई आक्रमण गरिएको छ।'इस्फहानका उप-गभर्नर अकबर सालेहीले भने, ‘नातान्ज र इस्फहाननजिकै धेरै विस्फोट सुनिएका थिए, हामीले नातान्ज र इस्फहानका आणविक स्थलनजिकै आक्रमण देख्यौँ।यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थल- 
पुरै पढ्नुहोस्
सिरहा। सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा न
पुरै पढ्नुहोस्
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं नेपालको ट्रेड युनियन आन्दोलनका अग्रज प्रचण्डकुमार पौडेलद्वारा लिखित पुस्तक ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनः एक झलक’ लोकार्पण भएको छ । ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनले प्राप्त गरेका उपलब्धी र मजदुरको अवस्था तथा आगामी दिन मजदुरहरुका चूनौतिका विषयमा केन्द्रित भएर उक्त पुस्तक प्रकाशन गरिएको लेखक पौडलले बताएका छन् ।समाजवादी ट्रेड युनियन महासंघको आ
पुरै पढ्नुहोस्
सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ ।पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो । हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ । यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको गाथा बन्न थालेको छ ।आँपको राजधानीका रूपमा लिइन्छ सिरहालाई । यद्यप
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगर सभाको १६औँ अधिवेशनमा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७९ करोड ४० लाख रुपैयाँ अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ ८८ करोड ५५ लाख २८ हजार रुपैयाँ अर्थात कूल बजेटको ५२.७२ प्रतिशतको बजेट प्रस्तुत गरेका हुन् । यसअन्तर्गत शिक्षातर्फ २३ करोड ५८ लाख रुपैयाँ, स्वास्थ्यतर्फ २७ करोड ९३ लाख रुपैयाँ, कृषितर्फ आठ करोड ६६ लाख रुपैयाँ र पूर्वाधारतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र करारका कर्मचारी संदिप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले शुक्रवार बिहान पक्राउ गरेको छ । भ्रष्ट प्रवृतिका अधिकृत अजय श्रीवास्तव पक्राउ परेको खबर पोखरियावासीले सुने पछि अख्तियारलाई जनस्तरबाट प्रशंसा भईरहेको छ । हरेक निर्माण व्यवसायी, सप्लायर्स र एनजिओहरुलाई कार्यदेश दिने बेला र भुक्तानी गर्ने बेलामा कमिशन लिने बानी बसालेका अधिकृत श्रीवास्तवले पोखरियामा गए देखि भ्रष्टाचारमा लिप्त रहदै सो नगरपालिकामा अनावश्य
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा , कतार - नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको बताएका छन। एमालेले राष्ट्रलाई बलियो बनाउने अभियानमा लागेकाले राजावादी लगायत अन्य केही राष्ट्रियता विरोधी शक्तिहरु एमालेविरुद्ध लागेको बताउनु भएको छ।प्रवासी नेपाली मञ्च कतारद्वारा आयोजित आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित