सप्तरी -  द फ्रिडम फण्डको सहयोगमा जन चेतना दलित संगम द्धारा संचालित हरवा चरवा सशतिmकरण कार्यक्रम अन्र्तगत सप्तरीको अग्नीसाईर कृष्णसवरण गा.पा. कुल ४५ जना बालबालिकाहरुलाई छात्रबृति वितरण गरीएका छन ।

कार्यक्षेत्र भित्रका हरवा चरवा दलित बालबालिकाहरुको गुणस्तरिय शिक्षामा सहयोग पुरयाउन, नियमति रुपमा बिधालय जाने बातावरण सिर्जना गर्न तथा विचमै स्कुल छोडने प्रबृति हटाउने उदेश्यले वार्षिक रुपमा छात्रबृति सहयोग गरीदै आएका छन । सन् २०२४ कुल ३०० जना बालबालिकाहरुलाई छात्रबृति वितरण गरीए पनि संस्थामा बजेट अभावको कारण २०२५ मा कुल १६० जना लाई छात्रबृति गरीने योजना रहेको छ ।

छात्रबृति अन्तर्गत वितरण गरीएका सामाग्रीहरु कापी १२ थान, स्कुल ड्रेस, पेन्सिल, स्कुल व्याग, ईरेजर कटर र सिलाई खर्च वापत नगद रु.८०० का दरले गरी प्रति विधार्थी रु.२ हजार ५ सय रकम बराबरको छात्रबृति सामाग्री वितरण गरीएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले जानकारी गराउनु भयो ।

छात्रबृति पाउने बालबालिकाहरु टयुशन केन्द्र र सामुदायिक विधालयमा अध्यनरत, विधालय भर्ना अभियान बाट भर्ना भएका दलित तथा जेहेन्दार छात्रछात्राहरु रहेका छन । सप्तकोशी न.पा.मा ४५ , खडक न.पा. १५, बलानबिहुल गा.पा.३० सुरुङ्गा न.पा.२५ गरी कुल १६० जनालाई छात्रबृति वितरण गरीनेछ ।

अग्नीसाईर कृष्णसवरण गा.पा.को सभाहल सितापुरमा आयोजना गरीएको छात्रबृति कार्यक्रम जन चेतना दलित संगमका कोषाध्यक्ष बेचनी देबी मुसहर्निको अध्यक्षता र पालिका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख अतिथित्वमा कार्यक्रम संचालन भयो ।

विश्ष्ठि अतिथिका उप प्रमुख कल्पना चौधरी, शिक्षा शाखाका प्रमुख फिरोज कटुवाल, हरी प्रसाद राम सचिव, रामभगत राम सहसचिव , ईन्द्र राम कार्यकारी निर्देशक , जामुन राम संयोजक नगर स्तरिय हरवा चरवा नेटवर्क , समाजिक विकास शाखा प्रमुख संजय कुमार लेखी, हरवा चरवा जनसंंगठनका अगुवा , टयुशन सहजकर्ता, छात्रछात्रा गरी कुल ७० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा अतिथिहरुको स्वागत मन्तव्य संस्थाका सचिव हरी प्रसाद रामले गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रेम विश्वकर्माले गर्नुभएको थियो ।