रामएकवाल राम

दोहा , कतार - नेपाल विद्युत् प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङले कतार पुगेर मैले गरेको राम्रो कामको अपेक्षा विपरीत  सरकारले आफूलाई गरेको बर्खास्तको गरेको बताएका छन।

शुक्रबार फुलबारी रेस्टुरेन्टको सभाहलमा गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारद्वारा आयोजित उज्यालो संवाद कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन।

उनले आफू जनता र देशका लागि काम गरेकै बेला सरकारले बर्खास्त गर्ने गरेको सुनाए। म जुन जुन बेला, जुन जुन क्षेत्रबाट देश र जनताको लागि केही काम गर्छु केही सफलता हासिल गरेको हुन्छु र केही रिजल्ट पनि आएको हुन्छ त्यही बेला सरकारले मलाई बर्खास्त स्वरुप कार्वाही गर्ने गरेको बताएका हुन।

विद्युत्‌को क्षेत्रमा मैले धेरै काम गरेँ। त्यो कामबाट मैले सरकारबाट सम्मान पाउँछु लागेको थियो तर, मेरो भाग्य भन्नुस सधैँ नै जुन मैले जनताको लागि काम गरेँ, त्यो बेला पनि मलाई अपमानपूर्वक कारबाहीस्वरूप दुई वर्षसम्म राखियो। विगत लामो समयदेखि तपाईंहरूले देखिरहनुभएको छ, ९ महिनासम्म मलाई ६/७ वटा स्पष्टीकरण सोधियो। त्यसपछि मलाई बर्खास्त गरियो ।

घिसिङले आफूले जनतामा आशा जगाउने काम गर्न खोजे पनि त्यसलाई सरकारबाटै निराशामा परिणत गर्ने काम भइरहेको पनि जिकिर गरे। म सधैँ आशा जगाउने काम गर्छु जनताको बीचमा, देशको, अर्थतन्त्रको एउटा आशा जगाउने काम, आत्मविश्वास जगाउने काम गरिरहेको हुन्छु। तर, त्यसको विपरीत निराशातिर परिणत गर्ने काम भइरहेको हुन्छ उनले भनेका छन।

घिसिङले आफ्नो शक्तिको मुख्य स्रोत जनता नै भएको पनि बताएका छन्। उनले भने सरकारले के गर्‍यो भनेर हेरेको छैन मैले, कुन निकायले के गर्‍यो भनेर हेरेको छैन। मेरो शक्तिको स्रोत देश विदेशबाट जुन सम्मान तपाईंहरूले दिनुभएको छ, जुन अभिनन्दन गरिरहनुभएको छ, त्यो नै मेरो लागि सबैभन्दा ठूलो शक्तिको स्रोत हो। सबैभन्दा मेरो शक्ति र आत्मबलको स्रोत तपाईंहरू हो।