रामएकवाल राम
दोहा, कतार : गैरआवसीय नेपाली संघको ११औं अधिवेशन आयोजक समिति कतारले आह्वान गरेको पञ्जीकृत सदस्यता आवेदन गए रातिबाट बन्द गरिएको छ ।
संघ कतारका संयोजक केशव कार्कीले २०२५-२०२७ कार्यकालका लागि खुला गरिएको सदस्यता आवेदनमार्फत ६ हजार ७५ जनाले सदस्यता फाराम भरेको बताए । कार्कीले प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्टमा भएको आवेदनहरूमा नपुग कागजातहरूको जानकारी सम्पूर्णको इमेलमार्फत सम्बन्धित व्यक्तिको इमेलमै जाने भएकाले २० जुलाई २०२५ सम्म आफ्ना नपुग कागजातहरू आफ्नो प्रोफाइलमा अद्यावधिक गर्न अनुरोध गरेका छन।
कतारमा रमेश भट्टले नेतृत्व गरेको एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन संयोजक तोकेको थियो ।
एमआइएसद्वारा पञ्जीकृत सदस्यता सम्पन्न भइसकेको र आईसीसीले तोकेको समयभित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गर्ने तयारीलाई आयोजकले तीव्रता दिएको छ ।




















