रामएकवाल राम
दोहा, कतार : गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले आह्वान गरेको पञ्जीकृत सदस्यता आवेदन गए रातिबाट बन्द गरिएको छ ।
२०२५-२०२७ कार्यकालका लागि जुलाई ४ मा एनसीसी कतारको स्थानीय पोर्टल मार्फत खुला गरिएको सदस्यताको लागी ५ हजार ४९३ जनाले आवेदन दिएको संघ कतारका महासचिव रबिन मगरले जानकारी दिनु भएको छ।
महासचिव मगरका अनुसार आवेदन प्राप्त भएका मध्ये ४२४६ जनाको प्रमाणीत भएको १०५५ जनाको प्रमाणित हुन बाकी रहेको र १९२ जनाको ड्राफ्टमा रहेको जानकारी गराए।
मगरले सदस्यता प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्टमा भएको आवेदनहरूमा नपुग कागजातहरूको सम्पूर्ण जानकारी सम्बन्धित व्यक्तिको इमेलमै जाने बताउनु भएको छ। नपुग कागजात ईमेलको लिंकमा गई एनसीसी कतारको पोर्टमा अद्यावधिक गर्न सबैमा अनुरोध गरेका छन।




















