Showing 91-100 of 1,176 items.
  • टी–२० विश्वकप: आज नेपालले इंग्ल्यान्डसङ्ग खेल्ने

    काठमाडौ । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालले आज (आइतबार) बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डको सामना गर्दै प्रतियोगिताको  शुरूआत गर्ने भएको छ । नेपाल र दुईपटकको विश्वविजेता इंग्ल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ सवा ३ बजेदेखि शुरू हुनेछ । सन् २०१० मा पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले सन् २०२२ मा दोस्रोपटक उपाधि जितेको थियो । सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले त्यसको १० वर्षपछि सन् २०२४ मा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । यसपटक नेपाली टोली एसिया–प्रशान्त क्षेत्रको छ

    पुरै पढ्नुहोस्
  • गण्डकी प्रदेश समन्वय परिषद कतारले वार्षिक सधारण सभा एव वनभोज कार्यक्रम गर्दै

    रामएकवाल राम दोहा , कतार - गण्डकी प्रदेश समन्वय परिषद कतारले वार्षिक सधारण सभा एव वनभोज कार्यक्रम गर्ने भएको छ। कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा परिषद कतारले अगामी फेब्रुअरी १० तारिख वक्राको समुन्द्री तटमा वार्षिक सधारण सभा तथा वनभोज कार्यक्रमको तयारी भईरहेको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए। हाम्रो अभिभारा, समृद्धि गण्डकी प्रदेश भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको परिषद कतारले आयोजना गर्न लागेको सधारण सभा एव वनभोज कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघ संस्थाका अध्यक्ष एव प्रतिनिधिहरुलाई आग्रह गरेको छ।

    पुरै पढ्नुहोस्
  • टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौं । विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ।भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्। यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछ। भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन्।  विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ। श्रीलंकाको कोलोम्बोस्थित आर.प्रेमादसा

    पुरै पढ्नुहोस्
  • पाँचथर सेवा समाज कतारले २२ औं स्थापना दिवस मनाउने

    रामएकवाल राम दोहा, कतार । पाँचथर सेवा समाज कतारले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि २२ औ स्थापना दिवस मनाउने भएको छ। विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन्  २००४ मा स्थापना भएको समाजले प्लाजामल स्थित वेलफेएर रेष्टुरेन्टको सभाहलमा अगामी १३ फेब्रुअरी शुक्रबारका दिन बिहान १० बजे देखी स्थापना दिवस तथा शुभकामना अदान प्रदान कार्यक्रम गर्न लागेको हो। दोहामा स्थापित विभिन्न संघ संस्था, मातृसंस्थाहरु एवं बैचारिक संस्था, विशिस्ट व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ता, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण

    पुरै पढ्नुहोस्
  • दुर्गा प्रसाद महतो स्वतन्त्र उम्मेदवार, सीमा क्षेत्रका मुद्दालाई चुनावी एजेन्डा

    शियाराम यादव ,माघ-२१सिरहा निर्वाचन क्षेत्र नम्बर–१ का स्वतन्त्र उम्मेदवार दुर्गा प्रसाद महतोले देशको राजनीतिक अस्थिरता र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको पीडालाई प्रमुख चुनावी एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका छन्।महतोका अनुसार नेपाल धर्म, राजतन्त्र, राणा शासन, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि स्थायी राजनीतिक स्थिरता हासिल गर्न असफल भएको छ। पटक–पटक भएका जनआन्दोलनले व्यवस्था परिवर्तन गरे पनि आमनागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उनको भनाइ छ।“सबैले देश बनाउँछु भन्ने सपना देखाए, तर जनता अझै गरिबी र वैदेशिक रोजगारीमा नि

    पुरै पढ्नुहोस्
  • चुनाव जितेर पनि विकास नगर्ने नेतालाई प्रश्न गर्न उपेन्द्र यादवको आग्रह

    सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा चुनावका बेला झुठा आश्वासन बाँडेर चुनाव जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदबारलाई कडा प्रश्न गर्न आममतदातालाई आग्रह गरेका छन् ।सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित फकिरामा मंगलबार आयोजित चुनावी सभामा अध्यक्ष यादवले आमजनतालाई भने, ‘चुनावका बेला मीठा कुरा र झुठा आश्वासन बाँडेर चुनाव जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी प्रश्न सोध्नुहोला ।’गाउँमा अस्पताल, विद्यालय, रोजगारी, पक्की सकड, सिँचाई, मलखाद लगायतका समस्याहरु समाधान गर्ने आश्वासन दिएर पनि केही नगर्ने त्यस्ता

    पुरै पढ्नुहोस्
  • मधेसमा उपेन्द्र यादवको जोड ‘घर फिर्ती अभियान

    सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा ‘घर फिर्ती अभियान’लाई जोड दिएको छ। जसपाले चार महिनाअघि अभियान सुरु गरेको थियो। प्रतिनिधि सभाको चुनाव नजिकिएसँगै अभियानमा जोड दिएको हो। यहि अभियानअन्तर्गत मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्तालाई जसपाले स्वागत गरेको छ। सप्तरी–३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।  जसपा नेपाल विभाजन हुँदा उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। थ

    पुरै पढ्नुहोस्
  • सप्तरी प्रहरीले घुस लिँदै गरेको दृश्य कैद गर्न खोज्दा पत्रकार सौरव यादव नियन्त्रणमा

    राजविराज । सप्तरीको राजविराज भन्सार कार्यालयअन्तर्गत रहेको प्रहरी बिटमा कार्यरत प्रहरी कर्मचारीले महिला व्यापारीसँग रकम लिएको दृश्य सार्वजनिक भएपछि नेपाल प्रहरीको आचरण, अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । आइतबार तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित प्रहरी बिटमा कार्यरत नेपाल प्रहरीका हबल्दार डी. यादवले महिला व्यापारीसँग पैसा लिँदै गरेको दृश्य फोटो तथा भिडियोमा कैद गर्न खोज्दा नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवलाई नियन्त्रणमा लिएका थिए । सार्वजनिक स्थानमा भइरहेको गतिविधि अभिलेख गर्न खोज्दा पत्रकारलाई नै नियन्त्रणमा ल

    पुरै पढ्नुहोस्
  • प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै देशमा स्थिर शासन स्थापित गर्छ- उपेन्द्र यादव

    सप्तरी १८, माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गरेका छन् । जसपा नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदबार समेत रहेका यादवले आइतबार चुनावी अभियानको क्रममा जसपा नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा अडिग रहेको स्पष्ट गरेका हुन। चुनाव प्रचारप्रसारमा निरन्तर खटिरहेएका अध्यक्ष यादव

    पुरै पढ्नुहोस्
  • थारु कल्याणकारिणी सभा कतारको थारु मित्र मिलन तथा आन्तरिक वनभोज कार्यक्रम सम्पन्न

    रामएकवाल राम दोहा,कतार-  कतारलाई कर्म थलो बनाउँदै आएका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्यापटर तथा थारु कल्याणकारिणी सभा कतार च्यापटरको संरकक्षत्वमा स्थापित थारु बचत कोषको संयुक्त आयोजनामा  थारु मित्र मिलन तथा आन्तरिक वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। शुक्रबार अल वक्रा स्थित समुन्द्री किनारमा समाजका सभापती भगवती प्रसाद चौधरीको सभापतित्व तथा संस्थाका संरक्षक सियाराम चौधरीको प्रमुख आतिथ्यता र समाजका सल्लाहकारहरु, कार्यसमिति तथा पदाधिकारी, सदस्यहरु सहित थारु समुदायको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित