काठमाडौ । पश्चिम नवलपरासीको नेपाल/भारत सीमामा पर्ने नवलपरासी जिल्लाको बिभिन्न सीमानाका हुँदै, पछिल्लो समय तस्करी बढेको स्थानीयको आरोप छ । जिल्लाको सीमानाकाबाट ईस्पेक्टर केशव भट्टराई, सई माधव धिमिरे, घुमुवाद्वय सहायक हल्दार रंजित गैरे र जवान रुप चन्द्र उपाध्याको मिलेमतोमा तस्कर बढेको स्थानीयहरुले बताएका छन ।

ईस्पेक्टर भट्टराई राष्ट्रिय रुपमै बिबादित अधिकृत हुन भने, घुमुवाहरु सहायक हल्दार रंजित गैरे र जवान रुप चन्द्र उपाध्या बिगतमा जिल्लामा रहदा पटक पटक व्यावसायीहरुसंग धाकधम्की दिएर पैसा असुलेको आरोप लागेका घुमुवा सशस्त्र प्रहरी हुन । स्थानीयले यस्ता आरोप लागेकालाई पश्चिम नवलपरासी २६ नं. गणपतिले फेरि घुमुवा राखेको प्रति गणपति माथिनै प्रश्न उठाएका छन । अझै स्थानीयहरुले भने सशस्त्र प्रहरी जस्तो गरिमामय संगठनले पटक पटक बिबादास्पद गतिविधिमा संलग्न भएको आरोप लागेका ब्यक्तिलाई घुमुवा राख्नु संगठन माथिनै प्रश्न उठ्नु हो ।"

स्थानीयले भने ती ईस्पेक्टर र घुमुवाहरुको मिलेमतोमा जिल्लाका विभिन्न नाका हुदै बोईलर कुखुरा, बाख्रा, राँगाभैंसी, ट्याम्पर गलास, गहुँ, मटर, चिनी, तोरी, किरानाको सामान, हार्ड्वेयरका सामान, टायल, केरा जस्ता सामानहरुको दैनिक करोडौं रुपियाँको खुलेआम तस्करी भएको बताए । एक स्थानीयले भने, यति मात्र होइन, नवलपरासी देशकै तस्करको प्रमुख केन्द्र बनेको समेत बताए । उनले थपे यस जिल्लामा कोशी प्रदेश र मधेश प्रदेशको सीमानाकाबाट हुन नसकेको सामानको तस्करी हुनी गरेको बताए ।

तस्करीलाई नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पाएको निकाय नेपाल सशस्त्र प्रहरी बल भने मौन बसेको आरोप लागेको छ । स्थानीयका अनुसार सशस्त्रकै मिलेमतो र संरक्षणका कारण भुजहवा, बसईहिया, झुलनीपुल, बलिनगर र बनकट्टी नाकाबाट तस्करी खुलेआम चलिरहेको छ। स्थानीयले सशस्त्र प्रहरीमाथि यति आरोप लगाएका छनकि ठुला तस्करहरुको दिनरात खुलेआम तस्करी गराउने स्थानीय सर्बसाधारण ब्यक्तिसंग घरायसी सामान ल्याउदा पनि ५० रुपैयाँ लिने गरेको आरोप लगाएका छन ।

सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रणको जिम्मेवारी पाएको नेपाल सशस्त्र प्रहरी बल भुजहवा नाका झुलनीपुलमा भने प्रभावहीन देखिएको स्थानीयको आरोप छ । स्थानीयहरूका अनुसार यदि सशस्त्र प्रहरी इमान्दार रूपमा सक्रिय भएको भए यो तस्करी एक दिनमै नियन्त्रणमा आउन सक्थ्यो । सशस्त्र प्रहरीकै साथ र सहयोगका कारण यी नाकाबाट तस्करी मौलाएको दाबी स्थानीयले गरेका छन्।