कतार , दोहा । कतार च्यारिटीको सहयोग तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको समन्वयमा रमदान किट वितरण सुरु गरिएको छ l
रमदानको रोजा बसेका न्यून आए भएका बर्तालु र हाल मध्यपूर्वमा विकसित परिस्थितिका कारण समस्यामा परेका नेपालीहरूलाई लक्षित गर्दै प्रदान गरिएको ३०० किट खाद्य सामग्रीहरू आवश्यक मानिसहरूलाई परिषद्मार्फत वितरण सुरु गरिएको हो l
शुक्रवारका दिन अन्तर्राष्ट्रिय मुस्लिम समाज कतारलाई संस्थागत रूपमा ५० बक्स फुड किट हस्तान्तरण गरिएको छ । समाजले आफू मातहत र आवश्यक परेकालाई वितरण गर्नेछ ।
हिजो नै विभिन्न कारणले समस्यामा परेका ४० नेपालीहरूलाई प्रतिव्यक्ति एकएक फुड किट वितरण गरिएको एनसिसिका अध्यक्ष पदम गिरीले जानकारी दिए l
गिरीले कहीँ पनि खानाको समस्यामा रहेका नेपालीहरू भए जानकारी दिन या सम्पर्कमा आइदिन आग्रह गरेका छन् l एनसीसी कतारले एक सूचना जारी गर्दै आवश्यकताका आधारमा सहयोग वितरण कार्यलाई निरन्तरता दिइने बताउँदै किट उपलब्ध गराउने कतार च्यारिटी र रेड क्रिसेन्ट प्रति आभार व्यक्त गरेको छ l




















