सप्तरी । सप्तरीको कंचनरुप नगरपालिकामा हरवा–चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत पालिका स्तरीय परिच्यात्मक तथा अभिमुखीकरण बैठक सम्पन्न भएको छ। द फ्रिडम फण्डको आर्थिक सहयोग, कंचनरुप नगरपालिकासँगको समन्वय तथा जन चेतना दलित संगमको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई कार्यक्रमका मुख्य उद्देश्य, गतिविधि र अपेक्षित उपलब्धिबारे जानकारी गराउनुका साथै स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नु रहेको थियो। साथै, हरवा–चरवाको पुनर्स्थापना, कार्यविधि निर्माण तथा योजना तथा बजेटमा समावेश गराउने विषयमा ध्यानाकर्षण गराइएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले जानकारी दिनुभयो।
कार्यक्रममा संस्थागत परिचय सँगै हरवा–चरवा सशक्तिकरण कार्यक्रमका उद्देश्य, प्रमुख क्रियाकलाप, अपेक्षित उपलब्धि तथा स्वीकृत बजेटबारे कार्यक्रम संयोजक चाँदनी बेगमले प्रस्तुतीकरण गर्नुभएको थियो।
बैठकमा निम्न विषयहरूमा जोड दिन जनप्रतिनिधीहरु ध्यानाकर्षण गराईएको थियो । हरवा–चरवाको लगत संकलन, पहिचान तथा परिचयपत्र वितरणसम्बन्धी कार्यविधि निर्माण
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हरवा–चरवाको पहिचान, अभिलेखीकरण, व्यवस्थापन र पुनर्स्थापना
जीविकोपार्जन र बसोबास व्यवस्थापनमा प्राथमिकता
न्यूनतम ज्याला कार्यान्वयनका लागि ज्याला निर्धारण समिति गठन
वैकल्पिक सीपमूलक तालिम तथा रोजगारीको व्यवस्था
लक्षित बजेटमार्फत दलित तथा हरवा–चरवाका लागि क्षमता, सीप र नेतृत्व विकास कार्यक्रम सञ्चालन
हरवा–चरवा परिवारका बालबालिकाका लागि विशेष शिक्षा व्यवस्थामा जोड
कार्यक्रम नगरप्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। विश्ष्ठि अतिथिहरुमा उपप्रमुख मुना कुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नवराज खडका, पूर्व विधायक असर्फी सदा, दुर्गानन्द यादव लगायत वडा नं। १ देखि १२ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, रोजगार संयोजक, विभिन्न अधिकृत तथा हरवा–चरवा अधिकार मञ्चका प्रतिनिधिहरू गरी कुल ३५ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्यसहित संस्थागत जानकारी कार्यकारी निर्देशक इन्द्र रामले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रेम कुमार विश्वकर्माले गर्नुभएको थियो




















