रामएकवाल राम
दोहा।
कतारस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य रोकेको छ । अर्को सूचना जारी नभएसम्मका लागि उक्त कार्य रोकिएको दूतावासले जनाएको छ।
मध्यपूर्वमा विकसित विषम परिस्थितिको सन्दर्भमा गठित नेपाल सरकारको उच्चस्तरीय इमर्जेन्सी रेस्पोन्स टिमको मिति २०८१।११।२० को निर्णयानुसार यस राजदूतावासबाट नियमित रूपमा सम्पादन हुँदै आएको मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ," दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
यसका साथै दूतावासबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको कार्य पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन १७ गतेको निर्णयबमोजिम हाललई बन्द गरिएको दूतावासले जनाएको छ ।

FB_IMG_1773148641299