बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतार एयरवेजले सार्वजनिक गर्‍यो ‘सीमित उडान’ तालिका, नेपाल उडान अझै परेन

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन २८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतार एयरवेजले सार्वजनिक गर्‍यो ‘सीमित उडान’ तालिका, नेपाल उडान अझै परेन
Rampam
3D Education Lahan

दोहा ।अमेरिका ईजरायल र ईरानका युद्धका कारण कतारको हवाई क्षेत्र बन्द भएपछि नियमित उडान प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि 'सीमित उडान' तालिका सार्वजनिक गरेको छ।
एयरलाइन्सले मार्च १७ सम्मका लागि दिल्ली, ढाका, न्यूयोर्क, बेइजिङ र मुम्बईसहित विश्वका १४ सहरमा हरेक दिन उडान गर्ने गरी नयाँ तालिका ल्याएको हो।
कतार नागरिक उड्डयन प्राधिकरणाबाट सीमित उडान मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि कतार एयरवेजले प्रभावित यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन यस्तो कदम चालेको जनाएको छ। यद्यपि, दैनिक तीन उडान हुने नेपालका बारेमा भने एयरलाइन्सले अझै कुनै ठोस निर्णय सार्वजनिक गरेको छैन।
कतारको हवाई क्षेत्र बन्द भएका कारण सबै नियमित उडानहरू अझै स्थगित छन। कतार एयरवेजले जारी गरेको आधिकारिक सूचनामा भनिएको छ,  यस्तो असहज परिस्थितिमा हामी ग्राहकहरूको यात्रामा सहयोग गर्न र परिवारसँग पुनर्मिलन गराउन आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेका छौं।"एयरलाइन्सले यो विशेष परिस्थितिमा यात्रुहरूको धैर्यताको कदर गर्दै थप भनेको छ, "सिभिल एभिएसन अथोरिटीले सम्बन्धित निकायहरूबाट कतारको हवाई क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको घोषणा गरेपछि मात्र नियमित उडानहरू पुनः सुरु गर्नेछ।"
एयरलाइन्सले पछिल्लो अवरोधका कारण अलपत्र परेका यात्रुका लागि केही सिधा 'प्वाइन्ट–टु–प्वाइन्ट' उडानको समेत व्यवस्था गरिएको छ। विमानस्थलमा भीडभाड नगर्न चेतावनी समेत दिएको छ। सूचनामा भनिएको छ, "टिकट कन्फर्म नभएसम्म यात्रुहरूलाई प्रस्थान गर्ने विमानस्थलमा नआउन-नजान हामी आग्रह गर्दछौँ।"नेपाल उडानको अवस्थानेपालमा धेरै यात्रु बोक्ने र धेरै उडान गर्ने एयरलाइन्समध्ये कतार एयरवेज एउटा हो। यसले सामान्य अवस्थामा दोहा–काठमाडौँ सेक्टरमा दैनिक तीनवटा उडान भर्दै आएको छ। वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली मात्र नभई युरोप र अमेरिका जाने नेपालीहरूका लागि पनि यो एयरलाइन्स प्रमुख रोजाइमा छ। हाल नेपालको उडान तालिका खुला नगरिएकाले सयौँ यात्रु अन्योलमा छन।दैनिक विश्वभर करिब १ हजार उडान गर्ने कतारले नेपाल उडान कहिलेबाट सुचारु गर्छ भन्नेमा अझै स्पष्ट पारेको छैन। 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]