रामएकवाल राम दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि ईस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ। धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पवित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूको लागी इफतार कार्यक्रमको आयोजना गर्न लागेको परिषद कतारका अध्यक्ष मोहम्मद कलाम खानले जानकारी गराए। अध्यक्ष खानका अनुसार कता
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, कतार। रोजगारीको सिलसिलामा कतारमा रहनु हुने धानुक समुदायका साझा संस्था नेपाली धानुक सेवा समाज कतारको आयोजना आन्तरिक वनभोज कार्यक्रम सप्पन्न भएको छ। शुक्रबार समाल स्थित मजरामा संस्थाका अध्यक्ष अवधेश कुमार मण्डलको सभापतित्व तथा समाजका संस्थापक संरक्षक सुरेश मण्डलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दोहामा स्थापित मधेशका विभिन्न संस्थाका अध्यक्ष एव प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कतारको राजधानी दोहा देखी लगभग ७५ किलोमिटर भन्दा बढी रहेको रमणीय स्थल समाजल पब्लिक गार्डेनमा वनभोज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको
पुरै पढ्नुहोस्
शियाराम यादव ,फाल्गुन-३सिरहा–१ मा जनता समाजवादी पार्टी नेपाल छाडेर राजलाल यादव राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरे पनि यसले जसपा नेपालको राजनीतिक हैसियत र जनाधारमा कुनै ठोस असर नपर्ने पार्टी स्रोतले जनाएको छ।जसपा नेपालका स्थानीय नेताहरूका अनुसार चुनावी समयमा देखिने यस्ता गतिविधि अवसरवादको परिणाम मात्र हुन्, जसले दीर्घकालीन राजनीतिमा कुनै अर्थ नराख्ने बताएका छन्। पार्टी विचार, एजेन्डा र संघर्षबाट बनेको हुँदा केही व्यक्तिको बहिर्गमनले संगठन कमजोर नहुने उनीहरूको भनाइ छ।बरु पछिल्लो समय रास्वपामा देखिँदै आएको वैचारिक अस्पष्टता र अस्थिर ने
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, कतार ।पाँचथर सेवा समाज कतारले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। शुक्रबार प्लाजा मल्लमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभापतित्व तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन् २००४ मा स्थापना भएको संस्थले २१ औ वसन्त पार गरि २२ औ स्थापना दिवसको अवसरमा विविध संस्कृतिक कार्यक्रम गरि भव्य रुपमा स्थापना दिवस मनाएको हो। कार्यक्रममा भो
पुरै पढ्नुहोस्
काठमाडौ ।भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बिहीबार पनि तीन खेल हुँदै छन्। बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकाको सामना गर्दा नेपालले दिउँसो ३ः१५ मा इटालीसँग खेल्नेछ। त्यसैगरी साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।पहिलो खेल पलिकेली, दोस्रो मुम्बई र तेस्रो खेल दिल्लीमा हुनलागेको हो। हालसम्म कसको कति अंक? समूह एमा पाकिस्तान ४ अंकसहित पहिलो स्थानमा छ भने १ खेल कम खेलेको भारत २ अंकसहित दोस्रो र २ खेल खेलेको नेदरल्यान्ड १ जितसहित २ नै अंकसहित तेस्रो स्थानमा छ। यो समूहमा नामिबिया र अमेरिका अंकविहीन छन
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी र अन्य उपेक्षित समुदायका लागि सुनिश्चित गरिएको आरक्षण र उपलब्धि जोगाउन आम जनता सचेत हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ६, फत्तेपुरमा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले न्याय, समता, पहिचान र अधिकारका लागि मधेश जनविद्रोह भएको स्मरण गराए। उनले भने, ‘लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायतमा आरक्षण मधेश जनविद्रोहको उपलब्धि हो। सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि खेर जान दिनु हुँदैन। आगामी निर्वाचनमा ज
पुरै पढ्नुहोस्
लहान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह भोलि मंगलबार मधेस प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बालेनले भोलि एकै दिन सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्नेछन् । बालेन शाहको मधेस यात्रा बिहान साढे ८ बजे सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुनेछ । उनको सचिवालयका अनुसार बिहान ८ः४५ मा कञ्चनरुप (घण्टी घर), ९ः१० मा हनुमाननगर र ९ः२० मा सप्तरी क्षेत्र नम्बर २ को सदरमुकाम राजवि
पुरै पढ्नुहोस्
शियाराम यादव,माघ-२५सिरहा कारागारभित्र हतियार र गोली बरामद भएको घटनाले नेपालको कारागार सुरक्षा व्यवस्थामा ठुलो धक्का दिएको छ। जिल्ला प्रशासनले प्रमुख योजनाकार मानिएका नाइके इन्द्रजित यादवसहित १३ जना कैदीलाई तत्कालै अन्य कारागारमा स्थानान्तरण गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरे पनि, "कारागारभित्रै हतियार किन र कसरी पुग्यो?" भन्ने मूल प्रश्नको जवाफ अझै गर्भमै छ।प्रशासनले सुरक्षा सतर्कता अपनाउँदै प्रभावशाली कैदीहरूलाई हटाए पनि अनुसन्धान अधिकारीहरू एउटा गम्भीर प्रश्नको वरिपरि घुमिरहेका छन्: के यो केवल शक्ति प्रदर्शन मात्र थियो कि कुनै ठुलो
पुरै पढ्नुहोस्
शियाराम यादव ,माघ -२५ कारागारभित्र हतियार कसरी, कहिले र कसको मिलेमतोमा प्रवेश गराइयो भन्ने विषयमा गम्भीर प्रश्न उठ्दै गएको छ। यस घटनामा कारागारका जेलर सुबोध महतोमाथि पनि छानबिन हुनुपर्ने माग तीव्र बन्दै गएको छ।स्रोतका अनुसार हतियार कारागारभित्र प्रवेश हुनु सामान्य लापरबाही नभई योजनाबद्ध हुनसक्ने आशंका गरिएको छ। त्यसैले घटनाका बेला ड्युटीमा रहेका कर्मचारी, सुरक्षा जाँच प्रक्रिया, तथा सीसीटीभी फुटेज समेत गहिरो अनुसन्धानको दायरामा ल्याइनुपर्ने सरोकारवालाहरूको माग छ।यदि छानबिनका क्रममा कोही पनि दोषी देखिएमा सम्बन्धित व्यक्ति वा कर्मचारीलाई निल
पुरै पढ्नुहोस्
काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ ।सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसालबीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो । भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित