बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

चुनावी धक्कापछि ब्युँझियो जसपा नेपाल, संगठन बनाउन आफै मैदानमा ओर्लिए उपेन्द्र यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २८, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
चुनावी धक्कापछि ब्युँझियो जसपा नेपाल, संगठन बनाउन आफै मैदानमा ओर्लिए उपेन्द्र यादव
Rampam
3D Education Lahan

काठमाडौँ, २८ जेठ । प्रतिनिधि सभा निर्वाचनमा ब्यहोरेको अप्रत्याशित पराजयपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आक्रामक सांगठनिक रणनीतिमा होमिएका छन्। चुनावमा व्यहोरेको उल्टो धक्काले शिथिल बनेको पार्टी पंक्तिलाई नयाँ जीवन दिन र छरिएका शक्तिलाई एकत्रित गर्न अध्यक्ष यादव अहिले आफैँ भुइँतहको मोर्चामा उत्रिएका हुन्।

केन्द्रको सत्ता राजनीतिको जोडघटाउ छाडेर यादव यतिबेला जिल्ला दौडाहामा निस्किएका छन्। पार्टीको केन्द्रीय समन्वय समितिले तय गरेको देशव्यापी अभियान अन्तर्गत पहिलो चरणमा पश्चिम नेपालका तीन रणनीतिक जिल्लाहरू बर्दिया, बाँके र सुर्खेतको अगुवा कार्यकर्ता भेला उनले भर्खरै सम्पन्न गरेका छन् । जेठ २५ मा बर्दियाको गुलरिया, २६ मा नेपालगञ्ज र २७ मा सुर्खेत पुगेर यादवले कार्यकर्तालाई चुनावी हारबाट निराश नभई नयाँ ढङ्गले सङ्घर्षमा होमिन निर्देशन दिए। पश्चिम नेपालका थारु, मुस्लिम र कर्णालीका सीमान्तकृत समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा पार्टीको उपस्थिति बलियो बनाउन र कार्यकर्तामा नयाँ ऊर्जा भर्न यो चरण महत्त्वपूर्ण मानिएको छ।

पश्चिमको मोर्चा सम्हालेपछि जसपा नेपालको यो देशव्यापी अभियान अब पार्टीको मुख्य राजनीतिक आधार इलाका मधेस र कोशी प्रदेशतर्फ केन्द्रित हुँदैछ। पार्टी नेतृत्वको यो शीर्ष टोली जेठ ३० गते पर्सा र ३१ गते बाराको अगुवा कार्यकर्ता भेलामा सहभागी हुनेछ।

त्यसपछि आगामी असार १४ गतेसम्म मोरङ, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र रौतहटमा जिल्लास्तरीय भेलाहरू लगातार सञ्चालन हुनेछन्।

अध्यक्ष यादवको सचिवालयका अनुसार यी भेलाहरूमा पार्टीका सम्पूर्ण तहका सदस्य, भ्रातृ संगठनका प्रतिनिधि र निर्वाचित जनप्रतिनिधिहरूको अनिवार्य सहभागिता रहनेछ। मधेस प्रदेशका आठ जिल्ला केन्द्रित अबको यो अभियानमा पार्टी अध्यक्ष उपेन्द्र यादवसँगै पार्टीका संरक्षक महन्त ठाकुर लगायत शीर्ष नेताहरु समेत सहभागी हुने बताइएको छ।

यो अभियान केवल चुनावी पराजयको औपचारिक समीक्षामा मात्र सीमित छैन, यसको पछाडि ठोस राजनीतिक उद्देश्य छ,' अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले भने, 'चुनावी पराजयको निर्मम समीक्षा, आन्तरिक अन्तर्घात र गुटबन्दी अन्त्य गर्नुका साथै पार्टीपंक्तिलाई एकत्रित गर्दै गुमेको साख र प्रतिष्ठा फर्काउनु यसको पहिलो सर्त हो।'

शीर्ष नेतृत्व आफैं गाउँगाउँ पुगेर कार्यकर्ताको गुनासो सुन्ने र संगठनलाई एकत्रित गर्ने यो प्रयासले जसपा नेपाललाई राष्ट्रिय राजनीतिमा पुनः एक सशक्त र वैकल्पिक शक्तिको रूपमा उभ्याउने लक्ष्य रहेको निजी सचिव चौरसियाले स्पष्ट पारे।

पहिचान र सामाजिक न्यायको मुद्दालाई केन्द्रमा राखेर सुरु भएको जसपा नेपालको देशब्यापी यो अभियानले जिल्ला तहका कार्यकर्तामा नयाँ उर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ । मधेस जनविद्रोह, सङ्घीयता र समानुपातिक समावेशिताको आन्दोलनबाट जन्मिएको शक्ति जसपा नेपाल पछिल्ला वर्षहरूमा नीति र एजेन्डाभन्दा बढी सत्ताको केन्द्रिकृत राजनीतिमा अल्झिदाँ निरन्तरको फुट र भुइँतहका एजेन्डाबाट नेतृत्व टाढिँदै जाँदा पार्टीले आफ्नो मूल आधारभूमिमै ठूलो धक्का खानु परेको थियो।

गत प्रतिनिधि सभाको चुनावमा जसपा नेपालले प्रत्यक्षतर्फ सून्य सीटमा पराजय व्यहोरेको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]