रामएकवाल राम
दोहा । मधेश युवा संघ कतारले धनुषामा एक अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन।
शनिवार जिल्लाको ओैरही गाउँपालिका -२ देउरीका स्व:खगेश पासमानकी श्रीमती र उनका बच्चाहरुलाई पालन पोषण र पढाईमा लेखाईमा सहजताको लागि रु. २४,२००/- आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
स्थानीय समाजसेवी युवा पंकज मण्डलको पहलमा "मधेश युवा संघ" कतारमा आवद्ध समाजसेवी युवाहरूबाट संकलित उक्त रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो।कार्यक्रममा सामाजिक अभियन्ता,शम्भु चोैधरी,सुरेन्द्र महतो,हाम्रा अग्रज बुद्धिजीवी राम चन्द्र सिंह लगायतको स्थानीयहरू उपस्थितिमा स्व:खगेश पासमानका हातमा हस्तान्तरण गरेका थिए ।



















