दोहा , कतार। सिराहा सेवा समाज कतार तथा रामजानकी बजार व्यवसायी संघको सहयोगमा रक्तदान कार्यक्रम सप्पन्न भएको छ।

IMG-20260627-WA0037
शनिबार जिल्लाको सिराहा नगरपालिका -२२ स्थित  हकपारा लौवापोखरीमा संघका अध्यक्ष पवितर यादवको सभापतित्व तथा जिल्ला समन्वय समिति सिराहको सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यता तथा रेडक्रस सोसाइटी शाखा लहानको प्राविधिक सहयोगमा ४६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक शिव कुमार महतोले जानकारी दिए।

FB_IMG_1782570551046 1“रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको रहेको थियो।