बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेपाली महिला समाज कतारको नयाँ नेतृत्वमा सुष्मा कटुवाल खतिवडा

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १४, २०८३ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेपाली महिला समाज कतारको नयाँ नेतृत्वमा सुष्मा कटुवाल खतिवडा
Rampam
3D Education Lahan

दोहा (कतार) । नेपाली महिला समाज कतारको दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि सुष्मा खतिवडा कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । अधिवेशनले कटुवालको अध्यक्षतामा २५ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मेनुका खतिवडा भण्डारी, द्वितीय उपाध्यक्षमा माया खड्का कुँवर, तृतीय उपाध्यक्षमा लिला राई, महासचिवमा शारदा भुजेल, सचिवहरूमा दीपा सिंह र रविना पुलामी मगर, कोषाध्यक्षमा गीता पुन थापा र सह कोषाध्यक्षमा सबिता दाहाल भट्टराई चयन भएका छन्।

FB_IMG_1782664638463
त्यस्तै, कार्यसमितिका सदस्यहरूमा सुनिता कोइराला आचार्य, उषा परियार, निशा पराजुली, अनिता राई, सम्झना गुरुङ, कला घिमिरे, रोशनी घिमिरे, सुनिता आचार्य, सलिमा मियाँ, तारा बिसी, सन्ध्या भण्डारी, शान्ता कटुवाल, प्रेमकला राई, सीता बिक, शर्मिला चौधरी र गन्धवी चौधरी रहेका छन्।नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिकी संयोजक अमिना खानले पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
संस्थाको १५ औ स्थापना दिवस तथा छैटौँ अधिवेशन विधिगत रूपमा स्थापना दिवसको अवसरमा केक काटेर समुद्वघांट्न गरिएको कार्यक्रममा कलाकार टीका गुरुङको स्वागत नृत्य रहेको थियो । समाजले दुई बर्से कार्यकालमा उत्कृष्ट कार्यसम्पादन गरेको साङ्गठनिक प्रतिवेदन समाजकी महासचिव मेनुका खतिवडा भण्डारीले सभामा पेस गरेकी थिइन् ।

FB_IMG_1782664659637
समाजको दुई बर्से कार्यकालमा समाजले आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनालाई विभिन्न कोणबाट सहयोग पुर्‍याउँदै आएका कतारमा स्थापित विभिन्न सामाजिक संघ  संस्था,संस्थाका संस्थापकहरू पुर्वअध्यक्ष,कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू लगायत विभिन्न सामाजिक व्यक्तित्व, व्यवसायी, कलाकार तथा पत्रकारहरूलाई नेपाली ढाका टोपी र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सोही अवसरमा शुभकामना वक्ताहरूले संस्थाले विगत १५ वर्षदेखि महिला सामाजिक सेवामूलक कार्य, जनचेतनामूलक कार्यक्रम, परोपकारी अभियान तथा नेपाली समुदायको हितमा विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको खुलेर प्रशंसा गरेका थिए ।
संस्थाले कतारमा रहेका नेपाली दिदीबहिनीहरूलाई विभिन्न समस्या परेको खण्डमा आवश्यक सहयोग र परामर्श प्रदान गर्नुका साथै महिला नेतृत्व विकास, सीप अभिवृद्धि र समुदायको समग्र हितका लागि उल्लेखनीय भूमिका खेल्दै आएको वक्ताहरूको भनाई रहेको थियो ।
नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कुमार राई र दूतावासमा कार्यरत जनसम्पर्क अधिकारी (पिआरो) मोहम्मद ताजलाई ढाका टोपी र मायाको चिनो सहित विशेष सम्मान गरिएको थियो ।कतारमा रहेका नेपाली श्रमिक तथा विशेष गरी नेपाली महिलाका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनी प्रति कृतज्ञता व्यक्त गरिएको थियो।
संस्थामा विशेष योगदान पुर्‍याउने सामाजिक व्यक्तित्वहरू रमेश भट्ट, तेज कटुवाल र केशव कार्कीलाई मानार्थ सदस्यका रूपमा मनोनयन गर्दै सम्मानपूर्वक सदस्यता प्रदान गरिएको समाजले जनाएको छ।
अधिवेशनको अवसरमा दुई संस्था बिचको सम्बन्धलाई आपसी सद्भाव र थप प्रगाढ बनाउने उद्देश्यका साथ पाल्पाली सेवा समाज कतार र तमु गुरुङ समाज कतारले मायाको कोसेली समेत प्रदान गरेका थिए । लोक तथा दोहोरी गायिका तारा बिसीले साङ्गीतिक प्रस्तुति समेत राखेकी थिइन ।
नेपाली राजदूतावास कतारका कुमार राईले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाली महिला समाज कतारले आगामी दिनमा अझ प्रभावकारी रूपमा नेपाली महिलाको हक, हित र सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै योगदान बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले संस्थाले हालसम्म गरेका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यही सक्रियता र निरन्तरतासँग अझ प्रगति र उन्नति हासिल गर्ने विश्वास व्यक्त गरे।
संस्थाकी अध्यक्ष लोकमाया केसीले सभालाई सम्बोधन गर्दै आफ्नो कार्यकाल सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र विश्वास गर्ने सामाजिक व्यक्तित्व, शुभेच्छुक तथा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरिन् ।
केसीले आफ्नो कार्यकालमा संस्थामार्फत महिला हित र संस्थाको विकासका लागि विभिन्न सकारात्मक काम गर्ने प्रयास गरिएको उल्लेख गर्दै बाँकी रहेका योजना तथा कार्यहरू नवगठित कार्यसमितिले निरन्तरता दिँदै सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरिन्।
अन्त्यमा उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको निरन्तर प्रगति र एकताका लागि सबैको साथ र सहयोग आवश्यक रहने धारणा व्यक्त गर्दै खुल्ला सत्रको आफ्नो सम्बोधन समापन गरिन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]