बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जेठाजुको कुटपिटबाट महिला र दुई नाबालक घाइते, अस्पतालबाटै न्यायको माग

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ५, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जेठाजुको कुटपिटबाट महिला र दुई नाबालक घाइते, अस्पतालबाटै न्यायको माग
Rampam
3D Education Lahan

ओम प्रकाश यादव

लहान, ५ असार। सिरहाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि उनकै जेठाजुले निर्घात कुटपिट गरेको आरोप लागेको छ। उक्त घटनामा महिला र उनका दुई नाबालक छोरासमेत घाइते भएका छन्। घाइतेहरू विगत पाँच दिनदेखि लहानस्थित एक निजी अस्पतालमा उपचाररत छन्।

घटनापछि पीडित बबिता देवी यादवले अस्पतालको शैय्याबाटै पत्रकार सम्मेलन गरी आफू र आफ्ना छोरामाथि भएको कुटपिटबारे सार्वजनिक गरेकी हुन्। शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखाउँदै उनले आफूलाई न्याय दिलाउन तथा परिवारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिन्।

पीडितका अनुसार उनका श्रीमान रोजगारीका लागि भारतमा रहेका बेला जेठाजु रामलोचन यादवले उनीमाथि आक्रमण गरेका हुन्। बबिताले रामलोचनले विगतदेखि नै आफू र आफ्नी सासूमाथि दुर्व्यवहार तथा कुटपिट गर्दै आएको आरोप लगाएकी छन्।

“यसअघि पनि पटक–पटक कुटपिट भएको थियो। तर यसपटक त मेरा दुई साना छोरालाई समेत छाडिएन। हामीलाई निर्घात कुटपिट गरेर अस्पताल पुर्याइयो,” उनले पत्रकार सम्मेलनमा भनिन्।

बबिताका अनुसार घटना गाउँबाहिर चौरीको खेतमा बाख्रा चराउने क्रममा भएको थियो। सामान्य विवादबाट सुरु भएको झगडा अचानक हिंसात्मक बनेपछि जेठाजुले आफूमाथि आक्रमण गरेको उनको दाबी छ। उनले आफूलाई लामो समयदेखि ‘बोक्सी’ को आरोप लगाएर मानसिक यातना दिने, सामाजिक रूपमा अपमानित गर्ने र शारीरिक दुर्व्यवहार गर्ने गरिएको पनि बताइन्।

पीडितले आफ्नो परिवारमाथि यो तेस्रो पटकको सांघातिक आक्रमण भएको दाबी गर्दै भनिन्, “हामीमाथि बारम्बार हमला भइरहेको छ। प्रहरीमा उजुरी दिँदा पनि उचित सुनुवाइ र कारबाही नहुँदा झन् असुरक्षित महसुस गरेका छौं।”

उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय लहानमा लिखित उजुरी दर्ता गराइसकिएको छ। तर घटना भएको पाँच दिन बितिसक्दा समेत आरोपितमाथि प्रभावकारी कारबाही नभएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरिन्।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउनसमेत कठिनाइ भइरहेको बबिताले बताइन्। हाल उनी आफ्ना आमाबुवाको सहयोगमा उपचार गराइरहेकी छन्। “उपचार खर्च तिर्न नै समस्या भइरहेको छ। राज्यले पीडितको रूपमा सहयोग गरोस्,” उनले आग्रह गरिन्।

यता घटनाबारे आरोपित रामलोचन यादवको प्रतिक्रिया लिन सञ्चारकर्मीहरूले पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि समाचार तयार पार्दासम्म उनको भनाइ प्राप्त हुन सकेको छैन। त्यसैले घटनाको अर्को पक्ष सार्वजनिक हुन बाँकी रहेको छ।

स्थानीयवासीहरूका अनुसार आफ्नै परिवारभित्र हुने हिंसाका घटनाले समाजमा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ। मिथिला समाजमा जेठाजु र भाइबुहारीबीच सम्मान र मर्यादाको सम्बन्ध रहने मान्यता भए पनि यस्तो घटनाले सामाजिक मूल्य र पारिवारिक सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।

स्थानीय अधिकारकर्मी तथा सरोकारवालाहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक उपचार र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, घटनाको सत्यतथ्य बाहिर ल्याउन दुवै पक्षको भनाइ र अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिनुपर्ने उनीहरूको धारणा छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]