Showing 651-660 of 1,203 items.
  • सप्तरीको राजविराज कारागारबाट एक जना थुनुवा फरार

    राजविराज - जिल्ला कारागार कार्यालय राजविराजबाट आइतबार राति एक थुनुवा फरार भएका छन्। चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका– ११ का रमानन्द मण्डल फरार भएका हुन्।गत पुस ६ गतेदेखि कारागारमा रहेका उनी भागेको खबर कारागार प्रशासनले सोमबार बिहान मात्रै प्रहरीलाई गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।सप्तरी कारागार प्रशासक मातृका दाहालले दैनिकी बिहान हुने कैदीको गणनाको क्रममा एकजना कम रहेको पाएपछि खोजतलास गर्दा भागेको खुलेको बताए।

    पुरै पढ्नुहोस्
  • भारतमा पाकिस्तानका १६ युट्युब च्यानल माथि रोक, बिबिसीलाई औपचारिक पत्र

    काठमाडौँ। भारत सरकारले पहलगाममा भएको आतंककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुटा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित नामहरू पनि छन्, जसको कुल दर्शक संख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ ।गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ । पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बिबिसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ ।अप्

    पुरै पढ्नुहोस्
  • माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन

    काठमाडौँ । सहकारी पीडितहरूले  अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन्।आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन भएको थियो।

    पुरै पढ्नुहोस्
  • यातायात वीरगंजका अधिकृत चन्द्रशेखर भ्रष्टाचारको मामिलामा गन्हाए,मन्त्री कौशल किशोर राय र अधिकृत साह गुरु चेला भएको खुलासा

    रंजित चौरसियावीरगंज - यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त छैठौ तहका अधिकृत चन्द्रशेखर साहले ठूलो सवारी शाखाको फाँट प्रमुख भई आफ्ना शाखाका कर्मचारीहरुलाई केही गर्न नदिई सबै काम एकलौटी रुपमा गरिराखेको आरोप लाग्न थालेको छ । ठूलो सवारी शाखामा मोटो रकम आउने भएको हुनाले फाँट प्रमुखको हैसियतले “एनीहाउ पैसा कमाउ” अभियानमा लाग्दा फाँटकै कर्मचारीहरुबाट बिद्रोह हुन थालेको समाचार स्रोतले जनाएको छ । भ्रष्टाचार सन्दर्भमा राम्रो अनुभव बटुलन सफल भएका अधिकृत चन्द्रशेखरले फाँट र कार्यालयमा मन्त्री कौशल किशोर राय मेरा गुरु हुन र म उनका चेलो भएक

    पुरै पढ्नुहोस्
  • पहलगाम घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

    काठमाडौँ।भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ।खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए।सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजा

    पुरै पढ्नुहोस्
  • बारामा दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते

    बारा - जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रुहरू घाइते भएका छ्न्।जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ।दुर्घटनामा परेर काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले ब

    पुरै पढ्नुहोस्
  • चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताए । सदरमुकामबाट यारी नाका भन्सार कार्यालय पुग्न नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा ब

    पुरै पढ्नुहोस्
  • पहलगाम हमलाबारे सामाजिक सञ्जालमा विवादास्पद कुरा लेखेको आरोपमा २८ जना गिरफ्तार

    काठमाडौँ ।सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी गरेको आरोपमा भारतका ७ राज्यबाट २८ जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेहरूमा आसामको विपक्षी दल एआईयूडीएफका एक विधायक, एक पत्रकार, एक वकिल, दुई सेवानिवृत्त शिक्षक र २३ विद्यार्थी छन्।दैनिक भास्करका अनुसार सामाजिक सञ्जालमा विवादास्पद पोस्ट गरेको आरोपमा उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ, झारखण्ड, आसाम, मेघालय र त्रिपुराका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। जसमा सबैभन्दा धेरै असमबाट १६ जना पक्राउ परेका छन्।

    पुरै पढ्नुहोस्
  • कतारबाट साङ्गीतिक क्षेत्रमा उदाउँदै कालाकार मनिष गोस्वामी

    रामएकवाल रामदोहा -  कतारमा बसेर पनि साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कालाकार (गायक) हुन मनिष गोस्वामी ।सप्तरी  जिल्लाको कनचनरुप नगरपालिका -२ मा घर भएका गोस्वामी यति बेला एक दशक देखि रोजगारीको सिलसिला खाडी मुलुक कतारको दोहामामा बस्दै आएका छन।उनलाई कतारमा हुने हरेक नेपाली सांस्कृतिक कार्यक्रम भ्याई नभ्याई छ । नेपालीमा मात्र न भई भारतीय र बङ्गाली समुदायमा पनि उतैको चर्चा बटुलेको उनी सानै उमेरमा गीत सङ्गीत लाई माया गर्ने र गीतहरू गुनगुनाउने गोस्वामीको कलाकार बन्ने चाहाना थियो।सानैमा कलाकार बन्ने चाहाना हुदाहुदै आफू सँग आर

    पुरै पढ्नुहोस्
  • आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, प्रहरीमाथि ढुंगा प्रहार

    काठमाडौँ ।आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औँ दिनमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।शिक्षकहरुले शनिबार नै आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए । उनीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरीले रोकेको हो ।

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित