उमेश साहसप्तरी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बोदे बर्साईनको पार्टी कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। पार्टी संगठनलाई स्थानीय तहमा थप सुदृढ, व्यवस्थित तथा जनमुखी बनाउने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो।उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरीका संगठन प्रमुख शिव कुमार यादवको प्रमुख अतिथि तथा पार्टीका नेता तथा सप्तरी क्षेत्र नम्बर ४ का उम्मेदवार सिताराम साहको विशेष उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजक पक्षले जनाएको छ।बोदे बर्साईन नगरपालिका -५ स्थित शत्रुधन चौक नजि
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि मधेसको अधिकारका लागि लडेको बताउँदै अब विकासका लागि लड्नुपर्ने बताएका छन। बुधबार सप्तरीको विष्णुपुर गाउँपालिका-४ स्थित शान्ति चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले विकासमा जोड दिनुपर्ने बताएका हुन्। ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब मधेसले विकासका लागि लडाई लड्नु आवश्यक रहेको बताएका हुन। संघीय सरकारले मधेसबाट अत्यधिक राजश्व लगे पनि विकास बजेट अत्यन्त कम दिने गरेको आरोप लगाए। आफूले यसअघि सप्तरी-२ मा विकास निर्माणका काम गरेको उल्ल
पुरै पढ्नुहोस्
काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूमाथि कारबाही गरेको छ।पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै ८ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।आगामी प्रतिनिधि सभा निर्वाचन- २०८२ मा पार्टीको नीति र निर्णयविपरित आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको तथा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो।पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा पार्टी हित र विध
पुरै पढ्नुहोस्
सप्तरी । नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मूल एजेन्डासहित नेपाल जनता पार्टीको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र -४ मा प्रतिनिधि सभा सदस्य पदमा कौशल किशोर दासले उम्मेदवारी मनोनयन दर्ता गराएका छन। मनोनयन दर्ता पछि उम्मेदवार दासले गाउँ–गाउँ, टोल–टोल पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्दै नेपाल जनता पार्टीको चुनाव चिन्ह कमलको फुल छापमा मतदान गर्न आग्रह गरेका हुन। जनतासँगको भेटघाटमा देखिएको उत्साह, सहभागिता र समर्थनले उनीप्रतिको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ।
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग, प्रतिवद्धतासहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ । घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ । उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १+१ मोडेलमा राज्य प
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नयाँ नेतृत्व चयन भएका छन। खुल्ला र बन्द गरि दुई सत्रमा सप्पन्न भएको अधिवेशनमा बन्द सत्रबाट भगवती प्रसाद चौधरीको सभापतित्वमा दस जना पदाधिकारी सहितको नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन।कार्यसमितिको वरिष्ठ उपसभापतिमा रमानन्द चौधरी, प्रथम उपसभापतिमा घनश्याम चौधरी,महिला उपसभापतिमा पार्वती चौधरी द्वितीय उपसभापतिमा ओम नारायण चौधरीलाई चयन गरेको हो।त्यसतै महामन्त्रीमा जितेन्द्र चौधरी , उप महामन्त्रीमा विरेन्द्र प्रसाद चौधरी,सचिवमा रामना
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बिच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । पार्टी एकता पूरा नहुन्जेल
पुरै पढ्नुहोस्
शियाराम यादवलहान । पछिल्लो केही दिनदेखि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि भइरहेको मिडिया ट्रायल योजनावद्ध र पूर्वाग्रहपूर्ण भएको भन्दै गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका ले आपत्ति जनाएको छ। संघले मन्त्री गुप्ताको अमेरिका भ्रमणबारे फैलाइएका भ्रामक टीका–टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।NRNA ले जारी गरेको विज्ञप्तिमा मन्त्री गुप्ता नेपाल सरकारका सदस्य मात्र नभई विदेशमा रहेका नेपाली युवाहरूको साझा प्रतिनिधि भएको उल्लेख गर्दै, उक्त भ्रमण औपचारिक निमन्त्रणामा आधारित रहेको स्पष्ट पारेको छ। भ्रमण तथा कार्यक
पुरै पढ्नुहोस्
शियाराम यादव ,पुष -२४मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विभिन्न सहिदहरूको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मन्त्री गुप्ताले लहान चोकमा रहेको सहिद रमेश महतोको प्रतिमामा माल्यार्पण तथा टीका लगाउँदै सहिदप्रति उच्च सम्मान व्यक्त गर्नुभयो।त्यसैगरी, उहाँले मिर्जापुरस्थित सहिद प्रमोद सदाको प्रतिमामा पनि माल्यार्पण गर्नुभएको छ। कार्यक्रममा मन्त्री गुप्ताले सहिद प्रमोद सदाकी आमालाई दोसल्ला ओढाएर सम्मान गर्दै राज्य र समाज सधैं सहिद परिवारप्रति कृतज्ञ रहने प्रतिबद्धता व्यक्
पुरै पढ्नुहोस्
काठमाडौ । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष ईञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बिहिबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा आयोजित कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । धनुषाको सबैला –६ निवासी ई. यादव नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेश समिति सदस्य र भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य भएर सक्रिय जिम्मेबारी निर्वाह गरिसकेका छन् । अध्यक्ष यादवले राजनीतिक, सामाजिक तथा पूर्वाधार विकास
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित