बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

दुर्गा प्रसाद महतो स्वतन्त्र उम्मेदवार, सीमा क्षेत्रका मुद्दालाई चुनावी एजेन्डा

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २१, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
दुर्गा प्रसाद महतो स्वतन्त्र उम्मेदवार, सीमा क्षेत्रका मुद्दालाई चुनावी एजेन्डा
Rampam
3D Education Lahan

शियाराम यादव ,माघ-२१

सिरहा निर्वाचन क्षेत्र नम्बर–१ का स्वतन्त्र उम्मेदवार दुर्गा प्रसाद महतोले देशको राजनीतिक अस्थिरता र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको पीडालाई प्रमुख चुनावी एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका छन्।

महतोका अनुसार नेपाल धर्म, राजतन्त्र, राणा शासन, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि स्थायी राजनीतिक स्थिरता हासिल गर्न असफल भएको छ। पटक–पटक भएका जनआन्दोलनले व्यवस्था परिवर्तन गरे पनि आमनागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उनको भनाइ छ।

“सबैले देश बनाउँछु भन्ने सपना देखाए, तर जनता अझै गरिबी र वैदेशिक रोजगारीमा निर्भर छन्,” उनले भने।

उनका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने अधिकांश नेपाली परिवार रोजगारीका लागि भारत तथा तेस्रो मुलुकमा जान बाध्य छन्। पूर्वदेखि पश्चिमसम्म भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा राज्यको उपेक्षा कायमै रहेको उनले आरोप लगाए।

सीमा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएका नागरिकको जग्गाको मूल्य अत्यन्त न्यून हुनु, बैंक तथा वित्तीय संस्थाबाट सहज ऋण नपाउनु र आधारभूत सेवाको अभाव हुनु गम्भीर समस्या भएको महतोले बताए।

“शहरमा एक आनाको जग्गा करोडौँमा बिक्दा सीमावर्ती क्षेत्रको जमिन सिंहदरबार आसपासको जग्गाभन्दा सस्तो हुनु राज्यको असमान नीतिको परिणाम हो,” उनले प्रश्न गरे।

सीमा क्षेत्रका नागरिक र उनीहरूको जमिनको उचित मूल्य सुनिश्चित गर्दै आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै महतोले सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरे।

“अब सीमामा बस्ने नेपालीले पनि आफ्नो जग्गा करोडमा बेच्न सक्ने सपना साकार गर्न हामी सबै मिलेर लाग्नुपर्छ,” उनले बताए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]