बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

चुनाव जितेर पनि विकास नगर्ने नेतालाई प्रश्न गर्न उपेन्द्र यादवको आग्रह

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
चुनाव जितेर पनि विकास नगर्ने नेतालाई प्रश्न गर्न उपेन्द्र यादवको आग्रह
Rampam
3D Education Lahan

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा चुनावका बेला झुठा आश्वासन बाँडेर चुनाव जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदबारलाई कडा प्रश्न गर्न आममतदातालाई आग्रह गरेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित फकिरामा मंगलबार आयोजित चुनावी सभामा अध्यक्ष यादवले आमजनतालाई भने, ‘चुनावका बेला मीठा कुरा र झुठा आश्वासन बाँडेर चुनाव जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी प्रश्न सोध्नुहोला ।’

गाउँमा अस्पताल, विद्यालय, रोजगारी, पक्की सकड, सिँचाई, मलखाद लगायतका समस्याहरु समाधान गर्ने आश्वासन दिएर पनि केही नगर्ने त्यस्ता पार्टी र नेतालाई चिन्न उनले आग्रह गरे । सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका जसपा नेपालका अध्यक्ष यादवले राम्रा र जिम्मेवार नेता चुन्न नसकेका कारण क्षेत्र तथा जिल्लाको विकास हुन नसकेको बताउँदै उनले भने ‘अधिकार, पहिचान, स्वाभिमानसँगै विकासका लागि सङ्घर्ष गर्ने नेता चुन्न चुक्नु हुँदैन । ’
मधेश विद्रोहकै कारण मधेशी, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायत पछाडी परेका समुदायको हक अधिकार सुनिश्चित भएको चर्चा गर्दै अध्यक्ष यादवले अब बाँकी अधिकारसँगै विकासका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । प्राप्त अधिकारको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने ‘लडेरै हामीले मधेशी लगायत नागरिकता विहिनलाई नागरिकता दिलायौँ, लडेरै पहिचानको आधारमा मधेश प्रदेश बनायौँ, ती उपलब्धीहरुलाई समाप्त पार्ने षडयन्त्र भइरहेको छ, त्यसैले जसपा नेपाल यो चुनावमा थप मजबुत भएर उदाउनुपर्छ ।’
बुथ कमिटीका अध्यक्ष हरि यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणुकुमारी यादव, केन्द्रीय सचिव एवम् क्षेत्र नम्बर ३ का प्रचार प्रसार समितिका संयोजक शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य तथा युवा विद्यार्थीका केन्द्रीय प्रमुख बिदेश्वर प्रसाद यादव (बिक्की), केन्द्रीय नेता चन्देश्वर सदा, प्रदेश समितिका पूर्व सदस्य सुरेन्द्र प्रसाद यादव, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु देवी मण्डल, समानुपातिक उम्मेदवार चुल्हाई मण्डल, स्वस्तिका चौधरी, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय अध्यक्ष एवम् युवा विद्यार्थी निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक मनिष यादव, मो. साबिर खान, पूर्व वडा अध्यक्ष कमलदेव यादव, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष एवम् युवा विद्यार्थी निर्वाचन परिचालन समितिका क्षेत्रीय सहसंयोजक केदार प्रसाद यादव, रघुनन्दन यादव लगायतले मन्तब्य व्यक्त गरे ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]