बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै देशमा स्थिर शासन स्थापित गर्छ- उपेन्द्र यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै देशमा स्थिर शासन स्थापित गर्छ- उपेन्द्र यादव
Rampam
3D Education Lahan

सप्तरी १८, माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गरेका छन् ।
जसपा नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदबार समेत रहेका यादवले आइतबार चुनावी अभियानको क्रममा जसपा नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा अडिग रहेको स्पष्ट गरेका हुन।
चुनाव प्रचारप्रसारमा निरन्तर खटिरहेएका अध्यक्ष यादवले भने, ‘बारम्बार सरकार फेरिने, मन्त्रीहरू बदलिने र नीति तथा योजना अलपत्र पर्ने अवस्था अब सह्य छैन । देशलाई स्थिर, जवाफदेही र जनउत्तरदायी शासन प्रणालीको खाँचो छ । त्यसका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भइसकेको छ ।’संसदीय अभ्यासमा गठबन्धन सरकारहरूको अस्थिरताले विकास निर्माण, सुशासन र आर्थिक सुधारलाई गम्भीर असर पारेको छ ।
पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्ने सरकारहरू, सत्ताको जोडघटाउमा अल्झिने राजनीति र नीतिगत निरन्तरताको अभावकै कारण जनतामा गहिरो निराशा बढेको उनले जिकिर गरे ।उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले शासनलाई स्थिर बनाउने मात्र होइन, जनताप्रति प्रत्यक्ष उत्तरदायी पनि बनाउछ । राष्ट्रपति जनताले सिधै चुन्ने भएपछि शक्तिको स्रोत पार्टी होइन, जनता नै हुन्छन् ।
जनताले चुनेको राष्ट्रपतिको पहिलो उत्तरदायित्व जनताप्रति हुन्छ,  सरकार टिकाउन सत्ता–सम्झौताप्रति होइन ।’जसपा नेपालले प्रस्ताव गरेको प्रणालीमा संसद् पूर्ण रूपमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा आधारित हुने, यसले गर्दा मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्ने उनले विश्वास व्यक्त गरे ।शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्दै उनले भने, ‘तीमध्ये धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण छन्, यसले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको छ ।
नीति बन्यो, सरकार फेरियो, त्यही नीति अलपत्र प¥यो । यही चक्र दोहोरिँदा जनताले के पाए ?’शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्दै उनले भने, ‘तीमध्ये धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण छन्, यसले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको छ । नीति बन्यो, सरकार फेरियो, त्यही नीति अलपत्र प¥यो । यही चक्र दोहोरिँदा जनताले के पाए ?’चुनाव नजिकिँदै जाँदा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा देशभर उठाउँदै आएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]