बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २५, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
वर्तमान समयमा सैद्धान्तिक  ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय
Rampam
3D Education Lahan

कपिलवस्तु  ।नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अरुण पाण्डेयले वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता बढी रहेको बताए। पाण्डेयले विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा तयार हुन आग्रह गर्दै स्कुलको शैक्षिक गुणस्तर विकासको लागि सधैं प्रतिबद्ध रहेको बताए। त्यस्तै, विशिष्ट अतिथि शिक्षालय संचालिका लता पाण्डेयको गरिमा मय आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षकहरू डिल्ली लम्साल, जितेन्द्र तामाङ, लोकराज पन्त, भक्त बहादुर शाही, दुर्गा प्रसाद उपाध्याय र प्रेम खड्काले विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन गर्दै शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षकहरूले प्राविधिक क्षेत्रमा आउने चुनौती र अवसरहरूबारे विद्यार्थीहरूलाई सचेत गराएका थिए।

यसैगरी, विद्यालय व्यवस्थापन समितिका सदस्य चक्र बहादुर चन्दले विद्यालयको चौतर्फी विकास र विद्यार्थीको हितका लागि व्यवस्थापन समिति सधैं तत्पर रहने बताए ।

कार्यक्रमको अध्यक्ष तृतिय वर्षका प्रशिक्षार्थी अंग धामीले स्कुलले विद्यार्थीहरूलाई नेतृत्व विकासमा पनि अवसर दिएकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन द्वित्तिय वर्ष एच.ए. की प्रशिक्षार्थी अनामिका बिसीले गरेकी थिइन ।

तृतिय वर्ष एच.ए का प्रशिक्षार्थी अंग धामीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्राविधिक शिक्षाको महत्व र विद्यार्थीहरूको भूमिकाबारे गहन चर्चा गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ल्याव टेक्निसियन, एच.ए., भेटनरी तथा सिभिल सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित दैलेख टेक्निकल स्कुल एक महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा दैलेखमा स्थापित भएको छ। यस स्कुलले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै स्थानीय तथा राष्ट्रिय स्तरमा आवश्यक दक्ष जनशक्ति तयार गर्दै आएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]