बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भगवानपुरमा पत्रकारमाथि अवरोध भएको आरोप, प्रेस मञ्च नेपालको निष्पक्ष छानबिनको माग

बालासुन्दरी खबर बालासुन्दरी खबर असार २१, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भगवानपुरमा पत्रकारमाथि अवरोध भएको आरोप, प्रेस मञ्च नेपालको निष्पक्ष छानबिनको माग
Rampam
3D Education Lahan

सिरहा, असार २१ — प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति सिरहाले भगवानपुर गाउँपालिकामा समाचार संकलनका क्रममा पत्रकारमाथि अवरोध भएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समितिले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य पत्रकार मनु यादव निरज र पत्रकार कुलानन्द यादव सार्वजनिक सरोकारसँग सम्बन्धित विषयको समाचार संकलनका क्रममा अवरोध, धक्कामुक्की, क्यामेरा बन्द गर्न दबाब तथा कार्यालय प्रवेशमा रोक लगाइएको आरोप लगाइएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार पत्रकारहरूले गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, उपाध्यक्षका श्रीमान् बुनिया लाल यादव तथा अन्य व्यक्तिहरूको उपस्थितिमा समाचार संकलनमा अवरोध गरिएको, क्यामेरा खोस्ने प्रयास गरिएको र गाउँ प्रहरीमार्फत कार्यालयभित्र प्रवेश गर्न नदिइएको दाबी गरेका छन्। प्रेस मञ्च नेपालले यी आरोप गम्भीर प्रकृतिका भएकाले निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको जनाएको छ।

प्रेस मञ्च नेपालले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै सार्वजनिक निकायमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई अवरोध गर्नु लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र पारदर्शिताको मर्मविपरीत हुने उल्लेख गरेको छ।

विज्ञप्तिमार्फत संस्थाले घटनाको सत्यतथ्य तत्काल निष्पक्ष रूपमा छानबिन गरी सार्वजनिक गर्न, आरोप पुष्टि भए कानुनबमोजिम कारबाही गर्न तथा पत्रकारहरूले निर्भय वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न नेपाल सरकार, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।

प्रेस मञ्च नेपालले पत्रकारमाथि हुने कुनै पनि प्रकारको दबाब, धम्की वा अवरोध अस्वीकार्य रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि संस्था प्रतिबद्ध रहेको जनाएको छ।Messenger_creation_ED6A371D-B01E-4F7E-9007-597E7042B0C0

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]