Showing 241-250 of 405 items.
  • लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

    सिरहा । सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगर सभाको १६औँ अधिवेशनमा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७९ करोड ४० लाख रुपैयाँ अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ ८८ करोड ५५ लाख २८ हजार रुपैयाँ अर्थात कूल बजेटको ५२.७२ प्रतिशतको बजेट प्रस्तुत गरेका हुन् । यसअन्तर्गत शिक्षातर्फ २३ करोड ५८ लाख रुपैयाँ, स्वास्थ्यतर्फ २७ करोड ९३ लाख रुपैयाँ, कृषितर्फ आठ करोड ६६ लाख रुपैयाँ र पूर्वाधारतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको

    पुरै पढ्नुहोस्
  • अधिकृत श्रीवास्तव पक्राउ परेपछि अख्तियारको प्रशंसा, जनतामा खुशी

    रंजित चौरसियावीरगंज  । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र करारका कर्मचारी संदिप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले शुक्रवार बिहान पक्राउ गरेको छ । भ्रष्ट प्रवृतिका अधिकृत अजय श्रीवास्तव पक्राउ परेको खबर पोखरियावासीले सुने पछि अख्तियारलाई जनस्तरबाट प्रशंसा भईरहेको छ । हरेक निर्माण व्यवसायी, सप्लायर्स र एनजिओहरुलाई कार्यदेश दिने बेला र भुक्तानी गर्ने बेलामा कमिशन लिने बानी बसालेका अधिकृत श्रीवास्तवले पोखरियामा गए देखि भ्रष्टाचारमा लिप्त रहदै सो नगरपालिकामा अनावश्य

    पुरै पढ्नुहोस्
  • ठिकै छ मेरी प्रिय " गीत आज सार्वजनिक( भिडियो सहित)

    राजेन्द्र महतोकाठमाडौं ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा ठिकै छ मेरी  प्रिय "  गीत आज  शुक्रबार सार्वजनिक भएको छ।गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी ठिकै छ मेरी  प्रिय " गीत सार्वजनिक   भएको हो।गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय  गरेका हुन। गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिलस्टुडियोमा

    पुरै पढ्नुहोस्
  • क्यान्सर पीडित खनाललाई कतारबाट गरे आर्थिक सहयोग

    रामएकवाल रामदोहा कतार : पाल्पाली सेवा समाज कतारले क्यान्सर पीडितलाई ४० हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । जिल्लाको रिग्नेरह-३ पूर्वखोलाका रामु खनाललाई समाजका वरिष्ठ उपाध्यक्ष विकास गैरेले भरतपुर क्यान्सर अस्पताल चितवन पुगेर नगद हस्तान्तरण गरेको हो।प्यारालाइसिसको समेत बिरामी रहेका खनाल केही महिनादेखि घाँटीको क्यान्सरबाट ग्रसित छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक रूपमै सहयोगको अपिल गरेका थिए ।समाजका अध्यक्ष विश्वनाथ भट्टराईले गम्भीर भन्दा गम्भीर रोगबाट ग्रसित बिमारीहरूको दु:खमा समाज सदैव साथमा र

    पुरै पढ्नुहोस्
  • इजरायलबाट स्थलमार्ग हुँदै जोर्डन पुगेका विराटनगरका मेयर आज फर्किँदै

    विराटनगर - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विभिन्न सहरी विकास, सहकारी प्रणाली र कृषि प्रविधिको अध्ययनका लागि इजरायल भ्रमण सकेर बिहीबार स्वदेश फर्किँदै छन्।इजरायल सरकारको निमन्त्रणामा जेठ २६ गते अध्ययन भ्रमणका लागि इजरायल प्रस्थान गरेका मेयर कोइराला इजरायल–इरानबीचको युद्ध तनावका कारण उत्पन्न असहज परिस्थितिमा परेका थिए।युद्धका कारण इजरायलको विमानस्थल बन्द भएपछि कोइरालाको स्वदेश फिर्ती प्रभावित भएको थियो।असहज परिस्थितिमा मेयर कोइराला स्थलमार्ग प्रयोग गर्दै जोर्डन पुगेका थिए।त्यहाँबाट हवाईमार्ग हुँदै कुवेत, भारतको मुम्बई र नयाँदिल्ल

    पुरै पढ्नुहोस्
  • सिरहाको धनगढीमाईका डावरटोल–नैनपुरटोल खानेपानी आयोजना मन्त्री यादवले द्वारा उद्घाटन

    सिरहा ५ असार - खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको -  ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताउनु भएको छ । आज धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का  हजारौँ नागरिकला

    पुरै पढ्नुहोस्
  • त्रिकोणात्मक टि २० आई सिरिज : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिज अन्तर्गत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमा

    पुरै पढ्नुहोस्
  • आज देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहने :मौसम विभाग

    काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर

    पुरै पढ्नुहोस्
  • यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्ब

    पुरै पढ्नुहोस्
  • एमाले महासचिव शंकर पोखरेल सहितका नेता कतार आउने

    दोहा : प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको "भेटघाट तथा अन्तरक्रिया" कार्यक्रमको लागि एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य सुजिता शाक्य सहित केन्द्रीय सदस्य घनश्याम पाण्डे कतार आउन लाग्नु भएको छ । प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई सम्बोधन गरि नेपाल फर्किने क्रममा महासचिव पोखरेल सहितका नेता कतार आउने र यहाँका प्रवासी नेपाली समुदाय सङ्ग "भेटघाट तथा अन्तरक्रिया कार्यक्रम"को आयोजना गरिएको आयोजक संस्था प्रवासी नेपाली मञ्च कताले जनाएको छ।  दोहाको सनैयाँमा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा,आगामी शुक्रबार

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित