लहान - सिराहा जिल्लाको भगवानपुर गाउँपालिकामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अत्यन्तै कमजोर देखिएको छ।गाउँपालिकाभरिका ३११ जना परीक्षार्थीमध्ये केवल ८४ जनाले मात्र परीक्षा उत्तीर्ण गरेका छन ।
श्री हनुमान प्रसाद शारदा माध्यमिक विद्यालयबाट ९३ जना विद्यार्थी परिक्षामा सहभागी मध्ये केवल ३५ जना उर्तिण भएका छन। श्री बालासुन्दरी माध्यमिक विद्यालयका नियमित तर्फ १४१ र आंशिक तर्फ १ जना गरि १४३ जना विद्यार्थी मध्ये ४२ जना पास भएका छन।लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक विद्यालयका नियमित तर्फ ७० जना र आंशिक तर्फ ५ जना गरि ७५ जना मध्ये ७ जना विद्यार्थी मात्र उर्तिण भएका छन।
यी विद्यालयहरू जिल्लाका पुराना र ऐतिहासिक शैक्षिक संस्थाहरू मानिए पनि गत वर्षको तुलनामा यस वर्ष निरासजनक नतिजाले अभिभावक र विद्यार्थी दुवै चिन्तित बनेका छन।स्थानीय तहले योग्य शिक्षकको छनोट, पारदर्शी नियुक्ति प्रक्रिया, विद्यालय व्यवस्थापनमा सुधार, र सरकारी विद्यालयप्रति विश्वसनीयता पुनः स्थापित गर्नतर्फ सजग हुन आवश्यक रहेको बताएको छ।
गाउँपालिकाका एक स्थानीयहरुका अनुसार तिनै विद्यालयमा शिक्षकहरूको विषयगत दक्षता कमजोर रहेको पाइएको छ। धेरैजसो शिक्षक भाेट बैंक मार्फत अस्थायी रूपमा नियुक्त गरिएका छन जसले तिनको शिक्षण क्षमतामा प्रश्न उठाएको छ। यस्ता नियुक्तिहरूले राजनीतिक हस्तक्षेप हावी भएको अभिभावकहरु बताउँछन।जसले गर्दा गुणस्तरीय शिक्षा पाउने विद्यार्थीहरूको अधिकार हनन भएको छ।




















