रामएकवाल राम

दोहा - पछिल्लो पुस्तामा मैथिली गीतसङ्गीत क्षेत्रका बहुचर्चित एवं सबैको मनमा बस्न सफल मैथिली गायक सन्नु कुमार गीतसङ्गितमा लोकप्रिय बन्दै गएका छन।

सप्तरी जिल्लामा जन्मिएका गायक सन्नु कुमार आफ्ना अब्बल सिर्जना र स्वरबाट मैथिली  गीतसङ्गीतमा शिर्ष स्थानामा रहेका उनको गित नेपाल तथा छिमेकी मुलुक भारतको आमदर्शकको रोजाइमा पर्नुभएको छ । यसै कारण साङ्गीतिक स्टेज सोहरूमा उहाँलाई भियाईन भियाईरहेको छ।

साङ्गीतिक बजारको मैथिली गीतसङ्गितमा छुट्टै स्थान हासिल गरिसकेको उहाँले पछिल्लो समय कतारको स्टेज शो मा गाएका गित- सारा नेपाल कतारोमे तोहर पूरा मधेशिया छौ फ्यान फ्लोवर भन्ने गितले बिदेशमा पनि उतिकै चर्चामा आएका थिए।

बर्षोंको संघर्ष पश्चात् मुस्कानमे आँहाके जादु कोनो छुपल गीतबाट उनी चर्चामा आएका हुन । गायक सुन्नु कुमार त्रिभुवन युनिभर्सिटीबाट मास्टर्स गरेका छन।

नथिया टुट्ल, पिया पिया, चेहरा छुपाके एलौ, नैनाकटार आहाके, सुनगे पगली तोरा बिना, तोरासे साथजे छुटटौ, बिन बाजबु न यौ सजना हमर मिथिला के गाम बड प्यारा, हे वीर मधेसी, आदि जस्ता गीतहरु गाएर स्रोता र दर्शक माझ प्रस्तुत भई खुब नाम कमाएका छन

कौशल झाले सम्हालिरहेका सन्नु कमार इन्टेरटेनमेन्ट युटुब चैनल मार्फत  चारैतिर चर्चा कमाईरहेका गायक सन्नु कुमारले मैथिली सांगीतिक क्षेत्रलाई बलिउड जस्तो बनाउने उनको सपना रहेको बताएको छ।