Showing 771-780 of 1,145 items.
  • कसैले साथ नदिएपनी एकताको महाधिवेशन तोकिएकै मितिमा हुने: शेष घले

    रामएकवाल रामदोहा , कतार :- गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एव संघका पूर्वअध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताएको छ।विहिबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा संयोजक घलेले कसैले साथ दिए पनि न दिए पनि तोकिएकै मिति मे ३ देखि ५ सम्म संघको महाधिवेशन गराएर छाडछु बताउनु भयो।आफूले विश्वका विभिन्न देशहरूको भ्रमण गरेर छलफल र अन्तरक्रिया गरेको उल्लेख गर्दै सबैको सुझावबाट आफू उत्साहित भएको बताए।हामीले एनसीसीहरुलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गरेका

    पुरै पढ्नुहोस्
  • सिरहा घटनाः प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी मुद्दाको ६ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकार वकिललाई बुझाएको हो ।अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोगपत्रका रुपमा दायर गरिने उनले बताए ।औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्य

    पुरै पढ्नुहोस्
  • समाजवादी मोर्चा र राजावादीको प्रदर्शन काठमाडौँमा सवारी आवागमन प्रभावित

    काठमाडौं । चार दलीय समाजवादी मोर्चा र राजावादीले आज काठमाडौँमा छुट्टा छुट्टै प्रदर्शन गर्दैछन्।माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाले सरकारका गलत क्रियाकलापको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। राजावादीहरुले भने वर्तमान व्यवस्थाकै विरुद्धमा प्रदर्शन गर्न लागेका हुन्। गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ। ठाउँठाउँमा शुक्रबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहर

    पुरै पढ्नुहोस्
  • राजावादी र गणतन्त्रवादीको प्रदर्शनलाई मानव अधिकारले पनि अनुगमन गर्ने

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भोलि (शुक्रबार) हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी नहुन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग बिहीबार छलफल भएको आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले जानकारी दिए ।छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरेर

    पुरै पढ्नुहोस्
  • दाङमा पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा

    बुटवल। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ ।भट्टराई बसेको होटल नजिक पुगेर राजावादी समर्थकहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका हुन् ।राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्री नेतृत्वको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए ।उनीहरुले ‘संघीयता खारेज गर, धर्मनिरपेक्ष खारेज गर’ लगायतका नारा लगाएका थिए । उनीहरुले पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध पनि नारा लगाएका थिए ।प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले बोकेको कालोझण्डा प्रहरीले खोसेको छ ।जिल्ला प्रहरी कार्यालय दाङ

    पुरै पढ्नुहोस्
  • एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुने

    पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं सङ्घका पूर्वअध्यक्ष डा. शेष घलेले सङ्घको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा मङ्गलबार राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रियामा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा सङ्घको महाधिवेशन हुने बताएका हुन् । घलले भने, “तोकिएको मितिमा महाधिवेशन हुन्छ, कुनैपनि हालतमा मिति परिवर्तन हुँदैन ।”उनले नयाँ संरचनासहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताह

    पुरै पढ्नुहोस्
  • विपक्षी दलहरुको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौँ I प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् ।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गर्नुभएको हो ।बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध सुरु गरेपछि  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।अध्यक्षसँग समय माग गरी विपक्षी दलहरूको तर्फबाट नेकपा एकीकृत समाजवादीका सांसद डा. बेदुराम भुसालले कार्यकारी

    पुरै पढ्नुहोस्
  • लागु औषध विरूद्ध ईलाका प्रहरी कार्यालय गणेशपुरको प्रभात फेरी

    अजय मिश्राकपिलवस्तु, चैत्र १४ - कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजनामा लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैली कार्यक्रम सम्पन्न भएको छ। विजयनगर गाउँपालिका वडा नं ६ प्रेमनगरमा आज प्रभात फेरी रैली निकालिएको थियो। लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैलीले समाजमा शान्ति स्थापना तथास्थानीय स्तरमा लागु औषध बिरूद्ध जनचेतना अभिवृद्धि हुनुका साथै अभिभावक हरूलाई आफ्नो बाल बालिका हरूलाई लागु औषध जस्तो कुलत बाट बचाउन समेत फलदायी हुने इलाका प्रहरी कार्य

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे । यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो । अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भम

    पुरै पढ्नुहोस्
  • सप्तरीमा आगलगी १५ लाखको क्षति

    सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलगी हुँदा १५ लाख बढीको क्षति भएको छ ।स्थानीय सोम प्रसाद आचार्यले गाईगोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाईगोठ र सुत्ने दुई कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए।आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा र शरीरको केहि भाग जलेपछि घाइते भएको प्रहरी प्रवक्ता बस्नेतले बताए । उनका अनुसार आगलगीबाट भैंसीको पाडा १ वटा र बाख्रा २ वटा समेत जलेको छ ।ईलाका प्रहरी कार्यालय कंच

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित