काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबिच साँझ पाँच बजे वार्ता हुने भएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो।

शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच छलफल हुने भएको छ ।

महासङ्घका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली छलफलमा सहभागी हुने बताइएको छ।