Showing 131-140 of 1,176 items.
  • दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग

    पर्सा - बोधिसत्वा बिहार , बुढानिलकण्ठ, काठमाडौंको सहयोग तथा डाक्टर पियारतन महर्जनको सहजीकरण र पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा पर्सा जिल्लाको एक हजार दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। पर्सा जिल्लामा अहिले पनि दलित बालबालिकाहरु विद्यालय छोडने दर बढी रहेकोे छ, अभिभावकहरु प्रायः ज्यालादारी , मजदुरी गर्ने गर्दछ्न। दलित तथा सीमान्तकृत समुदायको बालबालिका लागि विद्यालय टिकाउने , कापीकलमको बहानाले विद्यालय छोडन नदिन , गुणस्तरीय शिक्षा , उतिर्ण दर वृद्धि गराउने जस्ता उदेश्यको साथ

    पुरै पढ्नुहोस्
  • किरात याक्थुङ चुम्लुङ कतारले मनायो चासोक तङनाम

    रामएकवाल राम दोहा, कतार । किरात याक्थुङ चुम्लुङ कतारले लिम्बू समुदायहरुको महान् चाड चासोक तङ्नाम ५०८५ तथा राष्ट्रिय चाड उभौली यस वर्ष पनि कतारमा भव्य रूपमा मनाएका छन। शुक्रबार अबुहामुर स्थित आइडल इन्डियन स्कुलको प्राङ्गणमामा संस्थाका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बूको सभापतित्वमा , आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि , पत्रकार , कालाकार लगायतको बाक्लो उपस्थिती रहेको थियो। च्याब्रुङनाच, धाननाच, पालाम, हाक्पारे गायतका याक्थुङ लिम्बूहरूको मौलिक सांस्

    पुरै पढ्नुहोस्
  • लहान–२३ मा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानलाई प्रभावकारी बनाउने छलफल

    शियाराम यादव ,पुष-९लहान नगरपालिका वडा नम्बर २३ मा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानसम्बन्धी वडा स्तरीय सरोकारवालाहरूसँग समन्वय बैठक सम्पन्न भएको छ। वाटर एडको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता लहान नगरपालिका–२३ का वडा अध्यक्ष बद्री प्रसाद यादवले गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो रहनुभएको थियो। बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छताका विषयमा वडा स्तरमा गर्न सकिने पहल, चुनौती र सहकार्यका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रति

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल र स्वाधीन मधेस जनअभियानबिच कार्यगत एकता घोषणा

    ‎ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेस जनअभियानबिच कार्यगत एकता घोषणा गरिएको छ। सोमबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त रूपमा सङ्घर्ष अघि बढाउने सहमति गरेका हुन्। ‎कार्यगत एकता घोषणापत्रमा दुवै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहीन निर्वाचन प्रणालीको पक्षमा सङ्घर्ष गर्ने सहमति भएको छ। ‎घोषणापत्रमा नेपालको सं

    पुरै पढ्नुहोस्
  • सिराहामा शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो

    सिरहा । शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो । शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन्भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ । चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले आज बिहानैदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था शुरु गरेको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले ग्रामीण चोक, राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोकल

    पुरै पढ्नुहोस्
  • सिरहा सेवा समाज, कतारले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग

    रामएकवाल राम/ शियाराम यादव दोहा , कतार ।सिराहा सेवा समाज कतारले एक जना क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।सिराहा जिल्लाको धनगढीमाई  नगरपालिका–८  घर भएका क्यान्सर पीडित रामवृक्ष दासलाई आर्थिक सहयोग रकम रु. २०१०५ हस्तारन्तण गरेको अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए । क्यान्सर रोगबाट पीडित रहेका दास  केही महिनादेखि आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक रूपमै सहयोगको अपिल गरेका थिए । जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो , संस्थाका सल्लाहकार तथा समाजसे

    पुरै पढ्नुहोस्
  • कतारमा ५ लाखभन्दा बढी कतारी रियाल लिएर नेपाली सुनचाँदी पसल सञ्चालक फरार

    रामएकवाल राम दोहा , कतार । कतारमा गहना बनाइदिने भन्दै ५ लाखभन्दा बढी कतारी रियाल लिएर दुई जना नेपाली सुनचाँदी पसल सञ्चालक नै फरार भएका छ्न। कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका रौतहट जिल्ला जिंगडवा–९ का मो मोजाज आलम र मोहम्मद रैनले करिब ५० जना नेपाली श्रमिकहरुलाई ठगी फरार भएको आरोप लागेका हुन। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार पीडितहरू संघको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो। संघले नेपाली दूतावास कतार तथा कतारका सम्बन्धित ठगी तथा अपराधसम्बन्धी निकायसँग स

    पुरै पढ्नुहोस्
  • कतारमा पत्रकार शर्मा सम्मानित

    दोहा - वैदेशिक रोजगारीका लागी कतारलाई दुई दशक देखी कर्म थलो बनाउँदै पत्रकारितामा सक्रिय रहेका म्याग्दीका पत्रकार तिलु शर्मा पौडेल कतारमा सम्मानित भएका छन् । बिहीबार राती सम्पन्न रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको प्रथम वार्षिकोत्सव मार्फत पौडेल सम्मानित भएका हुन। रोयलको स्थापना कालदेखीनै संस्थाले सञ्चालन तथा आयोजना गरेका विविध गतिविधिलाई सञ्चारको माध्यमबाट प्रचार प्रसार गरी अतुलनीय योगदानको पुराएको भन्दै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको हो । सम्मान पश्रांत पौडेलले आफूलाई सम्मान गर्ने संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारी

    पुरै पढ्नुहोस्
  • राजदुतावासका कर्मचारीद्वारा अलखोर चिडियाखाना भ्रमण

    दोहा  । नेपाल सरकारले कतारलाई उपहार स्वरूप प्रदान गरिएको  खगेन्द्र प्रसाद र रुद्रकली नामक दुई हात्तीलाई हेर्न नेपाली राजदुतावासका कर्मचारीहरुले अलखोर पार्कस्थित चिडियाखाना भ्रमण गरेका छन। आईतवार नेपाली दूतावास कतारा कार्यवाहक राजदूत कुमार राई, प्रथम सचिव अमर राई सहितका कर्मचारीहरुले चिडियाखाना भ्रमण गरेको हुन। भ्रमणको क्रममा उनीहरूलाई चिडियाखानाका निर्देशक डा. अल खयरीन मोहम्मदले स्वागत गर्नुभएको थियो। नेपाल सरकारले कतारलाई हालै उपहारस्वरूप प्रदान गरिएका हात्तीहरुलाई अत्याधुनिक र  प्रविधिमैत्री  बासस्थानमा राखिएको छ। २०८१

    पुरै पढ्नुहोस्
  • गैर कानुनी वित्तीय कारोबारमा संलग्न नहुन दूतावासको आग्रह

    रामएकवाल राम दोहा कतार  । कतारस्थित नेपाली राजदूतावासले अनौपचारिक विप्रेषण तथा गैरकानूनी वित्तीय कारोबारमा संलग्न नहुन कतार र इरानमा रहेका नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले आइतबार जारी गरेको सूचनामा नेपाल सरकारको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत व्यवस्था अनुसार विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम/कारोबार गर्ने वा सङ्कलित रकम नेपाल नपठाउने कार्य गैरकानूनी भएको उल्लेख गरिएको छ । यस्ता गतिविधिसम्बन्धी ‘गोप्य’ सूचना अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा परराष्ट्र मन्त्रालयमार्फत विद

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित