काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरीका -३ का उम्मेदवार समेत रहेका उपेन्द्र यादवले तेस्रोपटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका छन। अध्यक्ष यादवले शुभकामना सन्देश दिँदै नेपाली टोली विश्वकप खेल्न लागेकामा खुसी व्यक्त गरेका हुन।
अध्यक्ष यादवले आज मुम्बईको वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय धुन गुञ्जिने र त्यसलाई विश्वले सुन्ने विश्वास व्यक्त गरेका छन।कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउनेछ भन्ने पनि विश्वास गरिएको छ।
तेस्रोपटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएका समर्थकहरूको साथ, साथै विगतमा हासिल गरेका चामत्कारिक सफलता नै ठुलो शक्ति भएको अध्यक्ष यादवको भनाइ छ।
टी–२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल दिउँसो ३ः१५ बजे मुम्बईको वानखेडे क्रिकेट रंगशालामा इंग्ल्यान्डविरुद्ध खेल्नेछ ।