सिरहा - सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।प्रहरीका अनुसार, अहिलेसम्म यो घटनामा जम्मा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन।यसमध्ये रुपेश,
पुरै पढ्नुहोस्
सिराहा :- सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा वडा सदस्यसहित थप चारजना पक्राउ परेका छन।सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो।नाम नखुलेका व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गरेको मध्येका राम विनय मण्डलको बुवा रहेको बुझिएको छ।सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले रिंकु मृत्यु प्रकरणमा वडा सदस्यसहितका व्यक्तिहरू पक्राउ परेको पुष्टि गरे । उनले भने पक्राउ परेकाहरूलाई अहिले कार्यालयमा ल्याइसकिएको छैन । आएपछि आजै पत्रकार सम्मे
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमाजानको पावन अवसरमा सदाका वर्षहरु झैँ यसबर्ष पनि बृहत इफ्तार कार्यक्रम हुने भएको छ ।शुक्रबार सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा दिउँसो २ बजे देखि गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार तथा दोहामा स्थापित विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा वृहत् ईफतार कार्यक्रम हुने भएको छ।धार्मिक तथा समाजिक सद्भाव भाईचाराको लागि सबै धर्म समुदायको चाडपर्व मिलेर मनाउनु पर्छ भन्ने अनुरुप अन्य चाडावाड सङ्गै मुस्लिम समुदायको पवित्र महिना रमजानको रोज
पुरै पढ्नुहोस्
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका - १, रामनगरमा आइएमई ग्रुपको लगानीमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । २ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।
पुरै पढ्नुहोस्
बिरेन्द्र प्रसाद नेपाललहान, माघ २२ – लहान नगरपालिकाले ३३ जना विपन्न गर्भवती महिलाहरूलाई पोषण तत्व वितरण गरेको छ। लहान नगरपालिका–१२, पडरीयाका गर्भवती महिलाहरूलाई १० किलो चामल, १ पोका नुन, दाल, चना लगायतका पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको हो।स्वास्थ्य संयोजक रमानन्द चौधरीका अनुसार, नगरपालिकाले हरेक महिनाको २२ गते गर्भवती महिलाहरूलाई पोषण सहायता वितरण गर्दै आएको छ। उनले भने, "मानवीय स्वास्थ्य विकासका लागि पेटमा रहेको बच्चा स्वस्थ जन्मियोस् र नगरले सक्षम तथा तेजस्वी युवा पाओस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।"लहान नगरपालिकाका म
पुरै पढ्नुहोस्
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरका मेयर बालेन शाहको पुख्र्यौली थलोमा भव्य स्वागत गरिएको छ ।जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा महोत्तरीको एकडारा गाउँपालिका पुगेका प्रचण्डलाई त्यहाँका अध्यक्ष लगायतका जनप्रतिनिधिले स्वागत गरेका हुन् ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका बालेनको पुख्र्यौली गाउँ हो । गाउँपालिकाका हालको २ नम्बर वडामा उनी जन्मिएका थिए ।कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको छ।ज
पुरै पढ्नुहोस्
वालिङ । जबरजस्ती करणीको आरोपमा नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको हो ।पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
पुरै पढ्नुहोस्
भैरहवा । नवलपरासी जिल्ला अदालतबाट नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् ।मंगलबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुईजनालाई लागुऔषधमा कसूर ठहर गरेको हो । कसूर ठहर हुनेमा रघुनाथप्रसाद धोबी छन् । धोबी गाउँपालिकाका नगर प्रहरी हुन् । गुप्ता नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन्।अध्यक्षसहित धोबीलाई कसूर ठहर गरे पनि सजाय निर्धारणका लागि भने फागुन २९ गते पेसी तोकिएको अदालतका सूचना अधिकारी भेषराज खनालले बताए । २६ असोज ०७९ मा दायर भएको मुद्दाको फैसला मंगलब
पुरै पढ्नुहोस्
काठमाडौँ - काठमाडौंबाट १ सय ४९ यात्रु बोकेर दुबईका लागि बुधबार राति उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको छ ।यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज हो ।यसको बुधबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा यो विमान सवा ११ बजे राति अवतरण भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु थपेर यस्ले दुबई उड्नुपर्ने तालिका थियो ।तर, जहाजमा इन्
पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ ।सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो ।आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित