महोत्तरी।महोत्तरीमा कार्यरत रेडियो नेपालका पत्रकार मंजित कुमार राम माथि  साङ्घातिक आक्रमण भएको छ ।

महोतरी सोनमा गाउपालिका ५ स्थित आफनै घरमा बसिरहेको समयमा पत्रकार राममाथि आइतवार आक्रमण भएको हो । पुरानो रिसईबीका कारण स्थानीयले नै उनीमाथि आक्रमण गरेको बुझिएको छ ।

पत्रकार राममाथि भएको आक्रमण घटनाप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल प्रेस यूनियन महोत्तरीले दोषीको पहिचान गरी कारबाही गर्न प्रशासनसंग माग गरेको छ ।

यूनियनका महोत्तरी सचिव नविन चौधरीले विज्ञप्ती जारी गर्दै पत्रकार रामको हात बाधेर कुटपिट गर्ने, दलित भएकै कारण गाउमा बस्न नदिने र जातिय विभेद गर्ने समुहलाई पहिचान गरी कारवाहीको माग गरेका छन

e7c1e851-07f1-4803-85d9-99e68b1146cb