दोहा : ईदमा पल शाह सहितका नेपाली कलाकारहरु कतार आउने भएका छन।स्लाम धर्मावलम्बीहरुको मुख्य पर्व "इद को शुभ अवसर पारेर "मानव सेवा आश्रम नेपालको" सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम "नेपाली इद धमाका-२०२५" हुने भएको छ । 

दि गोरखा ईन्टरटेन्मेन्ट हाउस कतार” को आयोजना तथा नेपाली फिटनेस टिमसँगको सहकार्यमा आउँदो ३१ मार्च २०२५ का दिनमा "अल लुक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा´ नेपाली इद धमाका कार्यक्रम “मिट एण्ड ग्रिट” MEET & GREET कार्यक्रमने भएको हो ।

f808c8cb-a910-44c6-96ce-5e99fbb936b1

“कार्यक्रममा आफ्ना प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह, भर्षटायल गायक/सङ्गीतकार टङ्क तिमिल्सिना र चर्चित नृत्याङ्गना तथा मोडल स्मारिका ढकाल अतिथि कलाकारका रूपमा धमाका कार्यक्रमको लागि कतार आउन लागेको आयोजक संस्थाले जानकारी गराएको हो ।

कार्यक्रम गर्नुको उदेश्य, खर्चको विवरण, कतार आउने अतिथि कलाकार सहितको बारेमा “मिट एण्ड ग्रिट" कार्यक्रमका संचालक,तथा इद धमाका कार्यक्रमका संयोजक तिलु शर्मा पौडेले सबैलाई जानकारी गराए । 

कार्यक्रमका प्रमुख अतिथि एनसीसी कतारका अध्यक्ष रमेश भट्टले नेपाली समुदायले गर्ने हरेक कार्यक्रम (mofa) बाट अप्रुवल लिएर आयोजना गर्न सुझाव दिए । भट्टले " मानव सेवा आश्रम नेपालको" सहयोगार्थ गरिएको कार्यक्रमलाई सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । 

कार्यक्रमका म्यानेजर,मिट एण्ड ग्रिट"कार्यक्रमका सभापति राकेश श्रेष्ठले अन्तरक्रिया कार्यक्रम गर्नुको उदेश्य,हलमा उठेका जिज्ञासा् लाई सम्बोधन गर्दै मानव सेवा आश्रम नेपालको" सहयोगार्थ आयोजना गरिएको सांस्कृतिक कार्यक्रम "नेपाली इद धमाका" बिसुद्द साँकृतिक कार्यक्रम रहेको बताए । 

आफ्नो संस्थाले सबै जाती समुदाय,भूगोललाई समेद्दै कार्यक्रम आयोजना गरिएको जानकारी गराए । सभापति श्रेष्ठले खासगरी उपस्थिति बाट सल्लाह सुझाव लिदै आ- आफ्नो ठाउँबाट राय सुझाव सहित आवश्यक सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा राखिएको जानकारी गराए । 

071602963FB_IMG_1742195669768