सप्तरी - द फ्रिडम फण्डको सहयोग र जन चेतना दलित संगम र जिल्ला हरवा चरवा अधिकार मंच सप्तरीको संयुक्त आयोजनामा १३६ विश्व श्रमीक दिवस भव्यताका साथ सम्पन्न भएको छ ।हरवा चरवा लगायत अन्य कृषि श्रमिक एक जुट होऔ, हरवा चरवाको पुर्नस्थापना गर, दलित माथी हुने हत्या हिंसाका घण्टाका दोषीउपर कानुनी कार्वाही गर , सुरक्षीत बसोवासको ग्यारेन्टी गर लगायतका अन्य नाराहरु सहित सुरुङ्गा न.पा.वडा नं.४ कनकपुर देखी कदमाहा सम्म परिक्रमा गरी सुरुङ्गा न.पा.को कार्यालयमा कार्यपालिका सदस्य हिरा कुमारी चौधरी लाई स्मरण पत्र बुझाएको छ । दलित उत्पीडनका घटनाहरुको निश्पक
पुरै पढ्नुहोस्
दोहा - कतारमा एक नेपालीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले 'कतार सीएसआर अवार्ड-२०२५' अवार्ड पाएको हो ।बुधबार दोहामा आयोजित सीएसआर समिटका अवसरमा सीएसआर प्रमुख सैफ अलि अलहजरीको हातबाट यासमिनले अवार्ड ग्रहण गरिन् । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीको संरक्षणमा कतार विश्वविद्यालयलगायतले यो पुरस्कार वितरण गर्छ ।सीएसआर अवार्ड कतारको सामाजिक क्षेत्रमा योगदान पुर्याउने कम्पन
पुरै पढ्नुहोस्
वीरगंज - वीरगंज महानगरपालिका वडा नं. १६ गहवा रेल्वेरोडमा अवस्थित शालोम सेकेन्ड्री स्कूल +२ का प्रिन्सिपल तथा शेयरदार दिलिप कुमार पडितलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका वडा नं. ३ टोल नगरदाहा निवासी पडितले शालोम सेकेन्ड्रीमा लगानी गरेका शेयरदार टेकचन्द्र साहलाई भुक्तानी गर्नुपर्ने सात लाख रुपैयाको चेक २०८१÷१२÷३१ गतेको मितिमा दिएका थिए । मञ्जुश्री फाईनान्स लिमिटेड वीरगंजको नामले रहेको सो चेक पटक–पटक बैंकमा जाँदा चेक अनुसारको मौज्दात नरहेको हुनाले सो चेक बाउन्स भएको थियो । पिडित टेकचन्द्र साहको जाहेरीको आधारमा पर्सा प्रहर
पुरै पढ्नुहोस्
काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘
पुरै पढ्नुहोस्
सप्तरी - जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो यतिबेला सोसल मिडिया भाइरल बनेको छ । विभिन्न व्यक्ति तथा फेसबुक पेजमा भिडियो शेयर भइरहेको छ । भिडियो शेयर गर्ने अधिकांशले हतियारको वैधताबारे प्रश्न उठाएका छन् । भाइरल भइरहेको भिडियो हेर्दा एक पारिवारिकजस्तो लाग्ने जमघटमा डा. यादवले नाच्दै हवाई फायर गरेको देखिन्छ । भिडियो सार्वजनिक भएपछि धेरैले यसलाई शक्तिको दुरुपयोग भनेर प्रहरी प्रशासनमाथि समेत प्रश्न उठाइरहेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालि
पुरै पढ्नुहोस्
सप्तरी - जनता समाजवादी पार्टी (जसपा) नेपालकी एक नेतृले विहेमा बन्दुक पडकाएपछि आलोचना भएको छ । बिहेको एक कार्यक्रममा रँगदारी गीतमा बन्दुक लिएर आतिसवाजी गरेपछि समाजिक सँजालमा अहिले उनको चर्को आलोचना भईरहेको छ । समाजिक सँजाल फेसबुकमा उनले फायरिँग गरेको भिडियो भाइरल बनेको छ ।पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले आफ्नो हातमा बन्दुक लिएर फायरिँग गरेको खेलौना रहेको बताएकी छन।भिडियो भाईरल बनेपछि बबि सिँहले त्यसलाई खेलौना पेस्तोल भएको भन्दै अतिरञ्जित नबनाउन आग्रह गरेकी छन।समाजिक सँ
पुरै पढ्नुहोस्
काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने ।मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ ।सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत
पुरै पढ्नुहोस्
लहान - मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो ।सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन उक्त स्मारक स्थानान्तरण गरिएको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चोधरीले जानकारी दिए । स्मारक स्थानान्तरणको विषय लामो समयदेखि विवादित थियो । गत सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता
पुरै पढ्नुहोस्
विनोद मण्डल,सिराहा - सिराहा जिल्लाको दुर्गम क्षेत्रमा विकासको मूल फुटाउँदै अघि बढिरहेका वडा अध्यक्ष अमित ठकुरीले निर्धारित समयमा वडा कार्यालय भवनको निर्माण सम्पन्न गरी उद्दघाटन गराउन सफल हुनु भएको छ । वैशाख १७ गते शुभ साईतमा कार्यालय भवनको परिसरमा आयोजित एक औपचारिक समारोहका बीच उक्त नयाँ भवनको उद्दघाटन धनगढीमाईका नगर प्रमुख शिवशंकर महतोले रिवन काटेर कार्यालय भवनको भित्रपट्टी राखिएको शिलालेखको रातो व्यानर खोलेर भवनको उद्घघाटन गर्नु भएको हो । शिलालेखमा उल्लेख गरिएको शब्दहरू उपमेयर संगीता चौधरीले पढ्नु भएको थियो । आधुनिक तवरले निर्माण गरिएक
पुरै पढ्नुहोस्
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित