बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २५, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु
Rampam
3D Education Lahan

नयाँ दिल्ली । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको  थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेको छ । केदारनाथ, बद्रीनाथ र गंगोत्री–यमुनोत्रीको दर्शन गर्न ठुलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टरबाट पुगिरहेका छन् ।

मौसम विभागले उत्तराखण्डको मौसमको बारे चेतावनी जारी गरेको छ । देहरादून, उत्तरकाशी, चमोली, रुद्रप्रयाग, टिहरी, पौरी, नैनीताल र चम्पावतमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । धेरै क्षेत्रमा मेघगर्जनका साथै तीव्र हावाहुरी पनि चल्न सक्छ ।

गत सोमबार, मे ५ मा, बद्रीनाथ धाम क्षेत्रमा खराब मौसमका कारण, तीर्थयात्रीहरू बोकेर बद्रीनाथबाट देहरादून जाँदै गरेको हेलिकप्टर गोपेश्वर खेल मैदानमा आपत्कालीन अवतरण गर्नुपरेको थियो । करिब पाँच मिनेट जमिनमा रहेपछि, हेलिकप्टर देहरादूनतिर प्रस्थान गरेको थियो ।

दिउँसो २ बजेतिर, पिपलकोटी र चमोली बीचको मौसम खराब भएपछि बद्रीनाथको दर्शन गरेर देहरादुन जाँदै गरेका तीर्थयात्रीहरूलाई बोकेको हेलिकप्टरले गोपेश्वर प्रहरी मैदानमा आपत्कालीन अवतरण गर्ने प्रयास गर्याे, तर त्यहाँ पार्क गरिएको गाडीका कारण खेल मैदानतिर आयो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]