जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज जनकपुरधाम आइपुगेका छन् ।
पार्टीको धनुषा जिल्ला अधिवेशनमा सहभागि हुन उनी आज विहान जनकपुरधाम आइ पुगेको हो। अध्यक्ष यादवलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले विमानस्थलमा स्वागत गरेका छन।
जसपा नेपाल धनुषाको जिल्ला अधिवेशन आज जनकपुरको महेन्द्र नारायण निधि भवनमा शुरु हुँदैछ ।




















