Showing 561-570 of 1,139 items.
  • लहानको सहिद स्मारक स्थानान्तरण गरियो

    लहान - मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो ।सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन उक्त स्मारक स्थानान्तरण गरिएको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चोधरीले जानकारी दिए । स्मारक स्थानान्तरणको विषय लामो समयदेखि विवादित थियो । गत सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता

    पुरै पढ्नुहोस्
  • वडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कार्य, मेयरले गरे उद्दघाटन

    विनोद मण्डल,सिराहा - सिराहा जिल्लाको दुर्गम क्षेत्रमा विकासको मूल फुटाउँदै अघि बढिरहेका वडा अध्यक्ष अमित ठकुरीले निर्धारित समयमा वडा कार्यालय भवनको निर्माण सम्पन्न गरी उद्दघाटन गराउन सफल हुनु भएको छ । वैशाख १७ गते शुभ साईतमा कार्यालय भवनको परिसरमा आयोजित एक औपचारिक समारोहका बीच उक्त नयाँ भवनको उद्दघाटन धनगढीमाईका नगर प्रमुख शिवशंकर महतोले रिवन काटेर कार्यालय भवनको भित्रपट्टी राखिएको शिलालेखको रातो व्यानर खोलेर भवनको उद्घघाटन गर्नु भएको हो । शिलालेखमा उल्लेख गरिएको शब्दहरू उपमेयर संगीता चौधरीले पढ्नु भएको थियो । आधुनिक तवरले निर्माण गरिएक

    पुरै पढ्नुहोस्
  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।

    पुरै पढ्नुहोस्
  • इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

    कष्णनगर - इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टको प्रमुख आतिथ्यतामा मन्दिरकाे समुद्घाटन गरिएकाे हाे । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीकाे पहलमा वडा २ तथा नगरपालिकाकाे आर्थिक सहयाेगमा माता दुर्गा मन्दिर निर्माण सम्पन्न भई सर्वसाधारणका बीच समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कलश परिक्रमा भएपछि पुजा अर्चना गरि बुद्बबार इप्रका परि

    पुरै पढ्नुहोस्
  • रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै

    काठमाडौँ । रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई कारबाही गर्ने तयारी भएको छ । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।यसअघि सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नु

    पुरै पढ्नुहोस्
  • नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि प्रज्ञा भवनमा नाराबाजी

    काठमाडौं :नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी र नाउपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । चौधरी पक्राउ परेपछि बुधबार हुने भनिएको जनमत पार्टी र नाउपाबीचको पार्टी एकता घोषणा पनि स्थगित भएको छ ।  एकता कार्यक्रम विथोलिएपछि दुवै दलका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका हुन् ।उनीहरूले 'नागरिक जनमत पार्टी जिन्दावाद,' 'रेशम चौधरीलाई रिहा गर' भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रमस्थलबाट नै चौधरी पक्राउ परेसँगै एकताको कार्यक्रम स्थगित भएको छ ।

    पुरै पढ्नुहोस्
  • किन पक्राउ परे रेशम चौधरी ?

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । पार्टी एकता घोषणा सभास्थल प्रज्ञा प्रतिष्ठान परिसरबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ ।चौधरीलाई अदालतको आदेशअनुसार प्रहरीले पक्राउ गरेको खुलेको छ । २०७२ भदौमा टिकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।उक्त आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा सर्वोच्च अदालतले आममाफीको फैसला उल्टाइदिएपछि चौधरी पक्राउ परेका

    पुरै पढ्नुहोस्
  • नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित

    काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । अर्को सुचना जारी नहुन्जेल सम्म पार्टी एकताको घोषण स्थगित गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले जनाएको छ।

    पुरै पढ्नुहोस्
  • नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

    काठमाडौं । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । प्रहरी वृत्त, मालिगाउँका डीएसपी सुनीलजंग शाहीले पक्राउ गर्ने टोलीबारे आफूलाई जानकारी नभएको, तर उनी त्यहाँबाट प्रहरीकै कुनै युनिटको नियन्त्रणमा रहेको सूचना पाएको बताए ।

    पुरै पढ्नुहोस्
  • प्रज्ञा भवनको ताल्चा नखोलिदिँदा नागरिक उन्मुक्ति र जनमतको पार्टी एकता कार्यक्रम अन्योलमा

    काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकीकरण घोषणा कार्यक्रम तोकिएको समयमा सुरु हुन सकेको छैन ।आज बिहान ठीक ११ बजेका कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम सुरु हुने तालिका भए पनि अहिलेसम्म कार्यक्रम सुरु हुन सकेको छैन ।कार्यक्रमका लागि हल नै बुकिङ नभएकोले समयमै  कार्यक्रम सुरु हुन नसकेको हो।प्रतिष्ठानको प्रशासनले हल छिर्ने मुख्य गेट बन्द राखेको छ । हलभित्र प्रवेश गर्न नपाएपछि जनमत र नाउपका कार्यकर्ता प्रज्ञा भवन प्राङ्गणमै छन्।नाउपा पक्षकाले हल बुकिङको जिम्मेवारी लिएको नेताहरुले जानकारी गराएका छन् । अब १ बजे पछ

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित