बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहानको राजदेवी पञ्चावती मन्दिर मेला विहानैदेखि भक्तजनको भीड

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २९, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानको राजदेवी पञ्चावती मन्दिर मेला विहानैदेखि भक्तजनको भीड
Rampam
3D Education Lahan

मणिलाल विश्वकर्मा

लहान - सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा चण्डी पूर्णिमाको अवसरमा पशुबलीसहित भव्य मेला लागेको  छ । 

पूर्व पश्चिम लोकमार्गमा पर्ने लहानबाट करिब १० किलोमिटर उत्तरमा चुरे जंगलको फेदीमा रहेको मन्दिर परिसरमा सोमबार बिहानदेखि हजारौंको संख्यामा पशुपंक्षीको बली दिइएको छ । राजदेवी पञ्चावती मन्दिर संरक्षण विकास समितिका सचिव वीरेन्द्र चौधरीका अनुसार रातिसम्म करिब २० हजार बोका बली चढाइने अनुमान छ ।  

हरेक वर्ष बैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन राजदेवीको भाकलअनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोग व्याधीबाट मुक्ति र मनोकाङ्क्षा पूरा हुने श्रद्धालुहरू बली चढाउन र पूजाअर्चना गर्न आउने गरेको उनले बताए । मनोकाङ्क्षा पूरा भएपछि भाकलअनुसार पूजा गर्न पूर्णिमाको दिन बिहान सबेरैदेखि मन्दिर परिसर र वरिपरिका खेतहरूमा हजारौं दर्शनार्थीको भीड लाग्ने गर्छ । श्रद्धालुहरूले आ–आफ्नो भाकलअनुसार परेवा, हाँस, कुखुरा समेत चढाउने गरेको समितिले जनाएको छ । 

मेलाको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी प्रहरी परिचालन गरिएको स्थानीय समेत रहेका लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए । त्यसबाहेक मन्दिर परिसरमा करिब पाँच सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको उनले बताए । 

उनका अनुसार मन्दिर वरिपरिका थारु बहुल बानो, खोरिया टोलसहित आठवटा गट्टीअन्तर्गत पर्ने ढोढना, शोभापुर, वीरनगरलगायतका गाउँहरूमा आदिवासीहरू आफूलाई बुद्धकै वंशज दबी गर्छन । मन्दिरमा पशुपछीको बली दिन सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यअन्तर्गत उत्तरी क्षेत्रका दर्शनार्थीहरू चण्डी पूर्णिमाको अघिल्लो मध्यरातदेखि नै पूजाका लागि लाम लाग्ने गर्छन् ।

वार्षिक ४० भन्दा लाख बढी दक्षिणा संकलन
मधेश प्रदेशमा गढीमाईपछि सबैभन्दा बढी बलि दिइने मन्दिरको रुपमा रहेको राजदेवी पञ्चावती मन्दिरमा चण्डी पूर्णिमाको दिन लाग्ने विशेष मेलासहित हरेक दिनजसो आउने भक्तजनले चढाएको दक्षिणा रकम ४० लाखभन्दा बढी संकलन हुन थालेको मन्दिर विकास समितिका सचिव चौधरीले बताए । उनका अनुसार त्यसरी संकलन भएको दक्षिणा रकमको ६० प्रतिशत मन्दिरको भौतिक पूर्वाधार विकास र ४० प्रतिशत अन्य सामजिक कार्यमा लगाउने गरिएको छ । 

मुख्य मन्दिरको वरपर करिब सात बिघा जग्गा रहेको मन्दिर परिसर बाहिर आफ्नो जग्गामा राजदेवी दह निर्माणसहित सौन्दर्यकरण भइरहेको समितिले जनाएको छ । समितिका अनुसार मन्दिरको धर्मशाला निर्माणका लागि सिरहा–३ का प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठको पहलमा १० लाख, सिरहा १ (क) का मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीको निर्वाचन विकास कोषबाट २५ लाख र पूर्व प्रदेशसभा सदस्य लगनलाल चौधरीले १२ लाख रुपैयाँ सहयोग गरेपछि करिब पाँच सय जना क्षमताको सभा हल र धर्मशाला समेत निर्माण भइसकेको छ । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]