लण्डन - लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए। गत मंगलबार फेला पारेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा लन्डन प्रहरीले औँठा छाप परीक्षण गर्दा शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठ
पुरै पढ्नुहोस्
बारा - जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रुहरू घाइते भएका छ्न्।जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ।दुर्घटनामा परेर काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले ब
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउन सकेका छैनन् । सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा ती घरहरूमा अहिले झार पलाएको अवस्था छ । यस ठाउँमा जम्मा १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरि
पुरै पढ्नुहोस्
राजविराज - सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ८ स्थित कञ्चनपुरमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । स्थानीय ४८ वर्षीय श्याम कुमार गुप्ता आफ्नै घरको खाटमुनि सुतेको अवस्थामा मृत भेटिएका हुन् ।गुप्तालाई बिहान करिब १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा शव फेला परेको स्थानीय विनोद कुमार शाहले जानकारी दिए । गुप्ताका तीन छोरी र एक छोरा छन् ।घटनाबारे जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वमा घटनास्थलमा पुगेको थियो । शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस
पुरै पढ्नुहोस्
जनकपुरधाम । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रदर्शन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् ।विरोध स्वरुप उनीहरुले बुधबार बेलुका जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् । उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुत्लासमेत जलाएका छन् ।उनीहरुले हिन्दूहरुलाई एकजुट हुन आग्रह गरेका छन् । कश्मीरम
पुरै पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् ।सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री ओलीले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले
पुरै पढ्नुहोस्
धनुषा - धनुषाको सहिदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनका कारण तीन बालबालिकाको ज्यान गएको छ । विष सेवनबाट आमा गम्भीर छिन् ।स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको विष सेवनबाट ज्यान गएको हो । आमा, ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छन् र उनको जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवका अनुसार सोमबार साँझ करिब ६ः४० बजे आमासहित सन्तानहरूले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै सबैलाई अस्पताल पु
पुरै पढ्नुहोस्
सिरहा । सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् ।उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत मागसहित अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिँदै १९ बुँदे मागपत्र बुझाएका हुन् ।अस्पताल प्रशासनलाई पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले नसुनेका कारणले बाध्य भएर विरोधमा उत्रनुपरेको सिराहा नगरपालिका–६
पुरै पढ्नुहोस्
काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ।सोमबार बिहान फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको हो । घटनामा चालक दुर्गा भट्टराईसहित चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको बताइएको छ ।घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
पुरै पढ्नुहोस्
नरेशचन्द्र बरबरियासिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्दो स्वास्थ्य सेवाको बेथिति सुधारका लागि सिरहाका युवाहरू एकजुट भएका छन्। आज सिरहा पुस्तकालयको सभाहलमा आयोजित बैठकमा सहभागी युवाहरूले अस्पतालमा देखिएको सेवा–सुविधाको अभाव, कर्मचारीको गैरजिम्मेवारी र प्रशासनिक कमजोरीमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन । बैठकमा सहभागीहरूले अस्पताल सुधारका लागि अबका दिनमा कस्तो रणनीति अपनाउने, जनदबाब कसरी सिर्जना गर्ने, र सम्बन्धित निकायलाई कसरी सचेत गराउने भन्नेबारे गहन छलफल भएको छ ।उनीहरूले बिरामीसँग हुने व्यवहार, औषधि
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित