लहान - मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै मैथिलानीहरुले वट सावित्री पर्व मनाइरहेकी छन् ।पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता र विवाहित मैथिलानीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि सिरहासहित सम्पूर्ण मिथिलाञ्चलका मैथिलानीहरुले सम्पूर्ण तयारी पूरा गरिसकेकी छन् ।आइतबार आ–आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पंखा र डालो किनमेल गर्नमा व्यस्त छिन् । पतिको
पुरै पढ्नुहोस्
धनुषा - श्रीमतीको हत्या आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाँका हरिराम यादवलाई पक्राउ गरेको छ ।उनी करिब तीन महिनादेखि फरार थिए । गत १७ फागुनमा उनकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।हरिराम र अञ्जलीकी १० महिनाकी छोरीको अवस्था पनि सोही दिनदेखि अज्ञात छ ।श्रीमतीसँग विवाद गरिरहने, कुटपिट गरिरहने हरिराम घटनापछि फरार रहेकाले उनैले हत्या गरेको आशंका गरिँदै आएको छ ।
पुरै पढ्नुहोस्
मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै स
पुरै पढ्नुहोस्
सप्तरी - सप्तरीको सुरुगा नगरपालिका - ४ कनकपुर स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय कनकपुरको आयोजना तथा जन चेतना दलित संगम र सुरुङ्गा नगरपालिकाको समन्वयमा विद्यालय भर्ना अभियान २०८२ का घरदैलो सहित रयाली यात्रा गरीएको छ ।सबै बालबालिकाको विद्यालयमा सहभागीता निशुल्क र गुणस्तरिय शिक्षा प्राप्तीमा सुनिश्चिता नारा सहित विद्यालय भर्ना अभियान संचालन गरीएको छ । कनकपुर विद्यालयको प्राङ्गण देखी निकालीएको विद्यालय भर्ना र्याली गाउँ परिक्रमा गरी पालिकाको वाडा - ३ लक्ष्मीपुर सम्म परीक्रममा गरीएको थियो ।र्याली तथा घरदैलो कार्यक्रमले विद्यालयमा उल्
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज - विश्वमा बढदै गएको दमका बिरामीहरूलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज पर्साले आज एक कार्यकम सम्पन गरेको छ। मानिसमा दमका कारण हुने विभिन्न समस्या र त्यसबाट बाँच्ने उपाएको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्साका प्रेस सलाहकार आसिक अंसारीले बताउनु भयो।कार्यक्रममा आस्थामा रोग हुने कारण् र त्यसबाट बाँच्ने उपाएको बारेमा सान्दर्भिक जनचेतना मुलक विभिन्न पोस्टर व्यानर प्रदर्शनी गरेका थिए। सो अवसरमा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्जका डा. सुधाकर झा
पुरै पढ्नुहोस्
लहान - सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।सोही अनुसार सोमबार वडा नं २२ का ४० जना गर्भवती तथा सात जना सुत्केरी गरी ४७ जनालाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेशप्रसाद चौधरीले पोषणका सामग्री वितरण गरे । स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ
पुरै पढ्नुहोस्
रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।कबिर चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना भइरहेकेा छ । साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका थिए, त्यहाँ भर्ती भएका व
पुरै पढ्नुहोस्
लण्डन - लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए। गत मंगलबार फेला पारेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा लन्डन प्रहरीले औँठा छाप परीक्षण गर्दा शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठ
पुरै पढ्नुहोस्
बारा - जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रुहरू घाइते भएका छ्न्।जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ।दुर्घटनामा परेर काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले ब
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउन सकेका छैनन् । सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा ती घरहरूमा अहिले झार पलाएको अवस्था छ । यस ठाउँमा जम्मा १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरि
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित