बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सप्तरीको सुरुङ्गामा विद्यार्थी भर्ना अभियान

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सप्तरीको सुरुङ्गामा विद्यार्थी भर्ना अभियान
Rampam
3D Education Lahan

सप्तरी - सप्तरीको  सुरुगा नगरपालिका - ४ कनकपुर स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय कनकपुरको आयोजना तथा जन चेतना दलित संगम र सुरुङ्गा नगरपालिकाको समन्वयमा विद्यालय भर्ना अभियान २०८२ का घरदैलो सहित रयाली यात्रा गरीएको छ ।

सबै बालबालिकाको विद्यालयमा सहभागीता निशुल्क र गुणस्तरिय शिक्षा प्राप्तीमा सुनिश्चिता नारा सहित विद्यालय भर्ना अभियान संचालन गरीएको छ । कनकपुर विद्यालयको प्राङ्गण देखी निकालीएको विद्यालय भर्ना र्याली गाउँ परिक्रमा गरी पालिकाको वाडा - ३ लक्ष्मीपुर सम्म परीक्रममा गरीएको थियो ।

र्याली तथा घरदैलो कार्यक्रमले  विद्यालयमा उल्लेखनीय विधार्थी नयाँ भर्ना भएका छन । जसमध्ये अहिले ७ जना दलित बालबालिकाहरुको जन्मदर्ता नभएकाले भर्ना गर्न समस्या भएको विद्यालयका प्रधानाध्यापक मन्जु यादवले बताउनु भएको छ ।

भर्ना अभियान र्यालीमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सोमन यादव लगायत अन्य सदस्यहरु, प्रधानाध्यापक मन्जु यादव अन्य शिक्षक शिक्षीका , अभिभावक , विधार्थी , जनचेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र राम , अन्य समाजसेवि गरी २ सय पचास जनाको सहभागी रहेको थियो ।

उमेर पुगेका तथा विद्यालय बाहीर रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन सहयोग गर्न द फ्रिडम फण्डको सहयोगमा जन चेतना दलित संगम द्धारा सुरुगा नगरपालिका खडक नगरपालिका ,बलानबिहुल गाउँपालिका, अग्निसाईर कृष्ण सवरण गाउँपालिका र सप्तकोशी नगरपालिकाका जम्मा २० वटा विद्यालयहरुमा भर्ना अभियानमा सहयोग गरीएका छन । 

नयाँ भर्ना भएका हरवा चरवा दलित छात्रछात्राहरुको लागी कुल १० वटा टयुशन केन्द्र संचालन गरीएका छन । गत वर्ष ३०० जना विद्यार्थीहरुलाई छात्रबृति वितरण गरीए पनि यस वर्ष २०२५ मा जम्मा  १५० जना हरवा चरवा र अति जेहेन्दार छात्रछात्राहरुलाई पढाईमा सहयोग पुरयाउने उदेश्य सहित छात्रबृति वितरण गर्ने योजना रहेको कार्यक्रारी निर्देशक ईन्द्र रामले जानकारी गराउनु भएको छ । 

छात्रबृति अन्तर्गत छात्रछात्राहरुको लागी स्कुल ब्याग, कापी, पेन्सिल , ईरेजर कटर, स्कुल ड्रेस गरी कुल प्रति विधार्थी बराबर २ हजार ५ सय बरावरको छात्रबृति वितरण गर्ने योजना रहेको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]