Showing 331-340 of 405 items.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेल कतार आउदै

    रामएकवाल रामदोहा :-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) एमालेका महासचिव शंकर पोखरेल कतार आउने भएका छन।प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गर्न लागेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल कतार आउन लागेका हुन।अगामी जुन ६ तारिख सनैयाको प्लाजा मल स्थित वेलफेयर सोसाइटी रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजे देखी कार्यक्रम हुने मञ्च कतारका अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए।

    पुरै पढ्नुहोस्
  • श्रीमतीको हत्या आरोपमा हरिराम यादव ३ महिनापछि पक्राउ

    धनुषा - श्रीमतीको हत्या आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाँका हरिराम यादवलाई पक्राउ गरेको छ ।उनी करिब तीन महिनादेखि फरार थिए । गत १७ फागुनमा उनकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।हरिराम र अञ्जलीकी १० महिनाकी छोरीको अवस्था पनि सोही दिनदेखि अज्ञात छ ।श्रीमतीसँग विवाद गरिरहने, कुटपिट गरिरहने हरिराम घटनापछि फरार रहेकाले उनैले हत्या गरेको आशंका गरिँदै आएको छ ।

    पुरै पढ्नुहोस्
  • सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

    सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ। गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो।गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो। आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनल

    पुरै पढ्नुहोस्
  • अम्बेडकर पार्क: शिलान्यास भएकै स्थानमा बनाउनु पर्छ माग

    जनकपुरधाम। सिरहा जिल्लाको लहान नगरपालिका १२ र २२ स्थित शिलान्यास भइसकेको स्थलमै डा. भीमराव अम्बेडकर पार्क निर्माण गर्न चमार समुदायका अगुवा तथा संघसंस्थाहरूले माग गरेका छन् ।बुधबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्दै उनीहरूले औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा लहान–१२ र २२ को सलहेस फूलबारी नजिक रहेको १० धुर सार्वजनिक जमिनमा अम्बेडकर पार्क निर्माण गर्ने पूर्वनिर्धारित योजनालाई कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरिएको छ । सो स्थानमा औपचारिक शिलान

    पुरै पढ्नुहोस्
  • कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

    कपिलवस्तु - कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए।कार्कीका अनुसार फरार सूचीमा रहेका अध्यक्ष चौधरी मंगलबार आफै उपस्थित भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। आजै म्याद थपका लागि अदालत उपस्थित गराइनेछ।उनले जबर्जस्ती करणीमा परेकी युवतीको गोपनीयता भङ्ग गरेको आरोप छ। चौधरी लोकतान्त्रिक समाजवादी पार्टीब

    पुरै पढ्नुहोस्
  • भूमि सम्बन्धि विधेयक सुकुम्बासी समस्या समाधान होइन, भूमाफियाको हितमा: उपेन्द्र यादव

    काठमाडौं - जनता समाजवादी पार्टी  ( जसपा) नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा प्रस्तुत गरेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई गम्भीर आपत्ति जनाउँदै सो विधेयक सुकुम्बासी समस्या समाधानको नाममा भूमाफिया र जग्गा दलालको हितमा ल्याइएको आरोप लगाउनु भएको छ ।उहाँले फेसबुकमा प्रेसनोट सार्वजनिक गर्दै उक्त विधेयकले सुकुम्बासी समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभएको छ । यसबाट घरजग्गा व्यवसायी, भूमाफिया तथा जग्गा दलाललाई विशेष लाभ पुग्नेछ,यादवले भन्नुभएको छ। यो विधेयक देश र जनताको हितमा छैन।अध्यक्ष यादवका अनुसार

    पुरै पढ्नुहोस्
  • पशुपति माविको भाडा सम्बन्धी मुद्दामा चरित्र हत्या गरियो थारु संघ

    बिरेन्द्र नेपालसिरहा – लहान नगरपालिका वडा नं. १ स्थित पशुपति आदर्श माविमा नौ वर्षअघि व्यापारीहरूसँग संकलित पसल भाडा रकम भ्रष्टाचारसम्बन्धी उजुरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट मिति २०८१ चैत २५ गते आएको पत्र अनुसार लहान नगरपालिकाले मिति २०८२ वैशाख ८ गते विद्यालयलाई आवश्यक राय र कागजात पठाउन आग्रह गरेको थियो।सोही अनुसार पशुपति आदर्श माविले मिति २०८२ वैशाख २२ गते लहान नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन, मुद्दासम्बन्धी विवरण र रायसहित आवश्यक कागजात पेश गरेको थियो। विद्यालयले आफ्नो अभिलेख अनुसार आ.व. २०७२/०७३ र २०७३/०

    पुरै पढ्नुहोस्
  • चार सांसद चढेको गाडी दुर्घटना

    विराटनगर - कोशी प्रदेशका सांसद चढेको सवारी साधन मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ।विराटनगरतर्फ आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हो। उक्त गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेको जनाइएको छ। थप विवरण आउन बाँकी ।

    पुरै पढ्नुहोस्
  • छोरीको विवाहका गहना आफ्नो पसलमा नकिनेको भन्दै सुँगुरको खोरमा थुनेर यातना

    सर्लाही - सर्लाहीका एक सुन व्यवसायीले आफ्नो पसलमा गहना नकिनेको भन्दै एक स्थानीयलाई सुँगुरको खोरमा थुनेर यातना दिएका छन्। घटनामा संलग्न दुवै पक्षका गरि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। छोरीको बिहेको तयारीमा रहेका पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सोही ठाउँका सुन व्यवसायी राजेन्द्र साह सुनासहितका व्यक्तिले आफ्नो पसलमा गहना नकिनेको भन्दै सुँगुरको खोरभित्र थुनेर यातना दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।डीएसपी राईका अनुसार यही जेठ ८ गते छोरीको विवाहको तयारीमा रहेका तस्लिमले साहको पसलमा गहना नकिनेको

    पुरै पढ्नुहोस्
  • अझै बनेन दुई वर्षअघि भासिएको झापा बिरिङको पुल

    झापा, ५ जेठ। झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन। झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए। उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ।’हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ। पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित