शियाराम यादव

सिरहा - गणतन्त्र दिवस २०८२ सिरहामा जिल्ला स्तरीय मुल समारोह समितिको आयोजनामा हर्षोल्लासपूर्वक तथा भव्य रूपमा मनाइएको छ।

समारोहको अध्यक्षता जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोले गर्नुभयो भने सिरहा नगरपालिकाका प्रमुख डा. नवीन यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिसस उपप्रमुख  दिलिप लामा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालय प्रमुखहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।थाना चोकदेखि महावीर चोकसम्म एक भव्य र्याली निकालिएको थियो, जसमा विभिन्न समुदायका नागरिक, विद्यालयका विद्यार्थी, संस्था तथा संघसंस्थाहरूको सहभागिता देखिएको थियो।

त्यसैगरी, गणतन्त्र दिवसकै अवसर पारेर प्रादेशिक अस्पताल सिरहामा उद्योग वाणिज्य संघको आयोजनामा फलफुल वितरण कार्यक्रमसमेत सम्पन्न भयो। सो कार्यक्रम जिसस सिरहाका प्रमुख श्री दिनेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।गणतन्त्र स्थापनाको यो दिवसलाई नागरिक स्वतन्त्रता, समावेशी लोकतन्त्र र गणतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने अवसरका रूपमा सिरहामा मनाइएको जनाइएको छ।

c654f88c-43d5-437f-929d-38a1a7444b61